विदेशी खेलाडीलाई राहत

?

काठमाडौं । पूर्वराष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन् । वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीका उपसंयोजक थापाले सोमबार काठमाडौंको नयाँबजारमा रहेका विदेशी खेलाडीलाई खाद्यान्न सहयोग गरेका हुन् ।

नेपालमा बसेर विभिन्न क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिगलगायत विभिन्न प्रतियोगिता खेल्दै आएका १० जना विदेशी खेलाडीलाई थापाले खाद्यान्न सहयोग गरेका हुन् । उनले चामल, दाल, नुन, तेल, बिस्कुटसँगै विभिन्न तरकारी सहयोग गरेका थिए ।

थापाले नेपालमा बसेर फुटबल खेलिरहेका अन्य विदेशी खेलाडीलाई पनि रूपमा सहयोग गरिरहने जानकारी दिए । कोरोना भाइरसको सन्त्रास र लकडाउनका कारण समस्यामा परेका खेलाडीलाई सहयोग गरेकोमा विदेशी खेलाडी एरिक बोल्वेले थापालाई धन्यवाद दिएका थिए । नेपाली फुटबलमा लामो समय बिताएका थापाले लकडाउन सुरु भएसँगै विभिन्न स्थानमा राहत वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

कालिकोटका सबै स्थानीय तहद्वारा बजेट सार्वजनिक