सुर्खेत । अत्यधिक गर्मी बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका भित्रका निजी तथा आवासीय विद्यालयले गर्मी बिदा दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले तीन दिन गर्मी बिदा निर्णय गरेको हो ।
प्याब्सन वीरेन्द्रनगरका अध्यक्ष पुर्णबहादुर भण्डारीका अनुसार अत्याधक गर्मी बढेको कारणले बालबालिकामा देखिएका स्वास्थ्य समस्या, टाउको दुख्ने बेहोस हुने, डी हाइड्रेसन हुने पसिना बग्ने जस्ता समस्या भएकोले जेठ २८ गतेदेखि ३० गतेसम्म बिदा दिने निर्णय भएको छ ।
‘विभिन्न विद्यालयबाट आएको फोनको सुझावलाई संकलन गरी आज जुम बैठकको निर्णय अनुसार ३ दिन गर्मी बिदा गर्ने निर्णय भएको छ,’ उनले भने, ‘बुधवारदेखि शुक्रबारसम्म विद्यालय बिदा लागु हुनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)






