तेक्वान्दो खेलाडीको ग्रेडिङ सम्पन्न

काठमाडौं । मनराम केसी स्मृति तेक्वान्दो समाजका खेलाडीहरुको शनिबार ग्रेडिङ सम्पन्न भएको छ । समाजका २० जना सेतो पेटीका खेलाडीले ग्रेडिङ मा सहभागी थिए । बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयाँटारमा संचालित निःशुल्क तेक्वान्दो एवम् ध्यान कार्यक्रम अन्तरर्गतका तेक्वान्दो खेलाडीहरुको बौद्ध तेक्वान्दो डोजाङ्गका प्रशिक्षक कुमारबहादुर लामाले निरीक्षण र जाँच लिएका थिए ।

कार्यक्रममा ६ तेक्वान्दो खेलाडीहरु क्रमशः अनुग्रह सुनार, समिर खत्री, सुनिल ठाकुर, स्नेहा राई, साम्जेन लामा, मिशन श्रेष्ठले डबल प्रमोशन पाउन सफल भएका छन् । बाँकी १४ तेक्वान्दो खेलाडीलाई पहेलो पेटी प्रदान गरिएको छ । समाजका खेलाडीहरु कृतिक लामा, कृसम लामा, पुजा राई,सक्क्षा तामाङ एवम् रोमी फेजोङ्गलगायत अन्य सिनियेर खेलाडीहरुको समेत उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग