काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा सरकारले बजेट पेस गरिसकेको छ । अहिले मुलुकको बजेट र अर्थतन्त्र’bout गम्भीर छलफल हुनुपर्ने हो । तर, आर्थिक छलफलभन्दा प्रतिनिधिसभाको बैठकमा अनेक विषय र प्रसंगले प्रवेश पाउँदा प्रभावकारी हुन सकेको छैन ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा यस्तै दृश्यले प्राथमिकता पाएको छ । बजेट’bout गम्भीर भएर छलफल गर्नुपर्नेमा राजनीतिक दल एवं सांसदहरू त्यति गम्भीर भएको देखिएन । कसैले बजेटको छलफल नै बहिष्कार गरे भने कसैले रोस्ट्रमको बेल घेर्दै नाराबाजी । होहल्ला एवं नाराबाजीबीच सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाए । नाराबाजीकै बीच सांसदहरूले आफ्ना धारणा राखे भने सांसद र सभामुखकै बीचमा नोकझोकले समेत प्राथमिकता पाएको छ ।
कसैले बहिष्कार गरे, कसैले रोस्ट्रमको बेल घेर्दै नाराबाजी गरे
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुने सूचना जारी भएको थियो । तर, राजनीतिक दलका माग एवं अडान’bout छलफल गर्दागर्दै बैठक २ घण्टा ढिला गरी सुरु भएको थियो । बैठक सुरु भएपछि संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले विरोध गर्दै बेल घेराउका साथै नाराबाजी गर्न थालेका थिए । संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले पनि विरोध गर्दै बजेटमाथिको छलफल बहिष्कार गरे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग रास्वपा र राप्रपाको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित रास्वपा, राप्रपाले सो माग गर्दै संसद् अवरुद्ध गर्दै आएका थिए । तर, सत्ता पक्षसँगको दुईबुँदे सहमतिपश्चात् माओवादी र एकीकृत समाजवादीले संसद् अवरुद्ध गर्न छाडेका छन् । रास्वपा र राप्रपाले सो मुद्दा अझै छाडेका छैनन् ।
विरोधका बीच बजेटमाथि छलफल गर्दैगर्दा बैठकमा सत्ता पक्षकै सांसदहरूको उपस्थिति भने न्यून रहेको थियो । सत्तारूढ नेपाली कांग्रेस, एमाले र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रसहितका दलका सांसदको उपस्थिति नहुँदा कुर्सीहरू खाली देखिएका थिए ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुँदैगर्दा राप्रपाले बहिष्कार ग¥यो । राप्रपा सांसदहरू बैठक बहिष्कार गरेर बैठक कक्षबाट बाहिरिए । सभामुख घिमिरेले प्रतिपक्षीले अवरोध गरिरहेका बेला संसद् बैठक चलाएको भन्दै उनीहरूले आलोचना गरे ।
रास्वपाले बेल घेराउ गर्दै नाराबाजी गर्दैगर्दा राप्रपा सांसदले आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले विरोधका बीच जबर्जस्ती बैठक सञ्चालन गरेको भन्दै उनीहरू आक्रोशित भए । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको टिप्पणी गरे । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग पुनः दोहो¥याए ।
उनले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषय टुंगोमा नपु¥याइ सुचारु गरेको भन्दै आपत्ति जनाएका छन् । ‘संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ कि हुँदैन ?,’ शाहीले प्रश्न गर्दै भने, ‘यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो, दादागिरी बन्द गर्नुस् ।’
सभामुख घिमिरे र सांसद साहका बीचमा नोकझोक
बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले रास्वपाका सांसदहरूले नाराबाजी गरिरहँदा पनि संसद् चलाउनु विभेद भएको टिप्पणीसमेत गरे । संसद्मा भइरहेको विभेदका ’boutमा समेत उनले आवाज उठाए ।
नाराबाजीका बीचमा सुरु भएको बैठकमा सभामुख घिमिरेको भूमिकामाथि उनले प्रश्न उठाए । नाराबाजीका बीचमा बैठक सञ्चालन भएकामा बजेट’bout प्रभावकारी छलफल गर्न नसकिएको बताउँदै उनले आफ्नो कुरा राख्दै गर्दा सभामुखसँग ‘नोकझोक’ भयो ।
रास्वपाका सांसदले बेल घेराउ गर्दा पनि होहल्लाका बीचमा विभेदपूर्ण तरिकाले सभामुखले बैठक अगाडि बढाएको साहले भन्दैगर्दा बेल घेराउ गरिरहेका रास्वपा सांसदले ताली पिटेर स्वागत गरे । तर, सभामुख घिमिरेले सांसद साहलाई विषय केन्द्रित हुन भन्दैगर्दा उनले बजेट’bout छलफल गर्ने वातावरण नै नभएको जवाफ फर्काए ।
‘सम्माननीय सभामुख महोदय, यस संसद्मा कुनै अमूक पार्टीले आफ्नो सिटमा उभिँदैमा संसद् अवरुद्ध हुने, संसद् स्थगित हुने अनि अर्को पार्टीले बेलमै नाराबाजी गरिराख्दा संसद् अवरुद्ध नहुने ? यो कस्तो विभेद हो भनेर म जान्न चाहन्छु, सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘म दुःखी पनि छु, सबैको साझा हुनुपर्छ, संसद्को चौथो र पाँचौं ठूलो दलले संसद्मा विरोध गरिराख्दा आज सभामुखले जसरी यो व्यवहार गरिराख्नुभएको छ, पहिला पनि संसद्मा नाराबाजी हुँदा संसद् चल्थ्यो तर छोटो समयका लागि मात्रै चल्थ्यो, आज एउटा नयाँ रेकर्ड कायम भयो, त्यसका लागि म शुभकामना दिन चाहन्छु ।’
साहले दुई तिहाइको शक्तिशाली सरकारले संसद्लाई शान्त बनाउन नसकेकामा आलोचना गरे । उनले भने, ‘दुई तिहाइ भनेको त संख्या मात्रै होइन होला नि, दुई तिहाइ भनेको अंक हो कि परिमाण हो ? आज सबभन्दा शक्तिशाली सरकार भन्ने अनि संसद्को यस्तो वातावरण (होहल्ला)मा छलफल गर्नुपर्ने ? यसभन्दा दुःखदायी अरू के होला ?’
साहले सभामुखलाई संवेदनशीलता छ भने अलिकति चिन्ता लिन आग्रह गरे । उनले प्रश्न गरे, ‘के यो संसद् सहज हुनै नसक्ने हो ? के यस्तै चलिराख्छ ?’
उनले संसद्को आजको गतिविधि र दृश्य हेरेर भोजपुरीको कहावत ‘हडबडीके विवाह, कन्पट्टीमे सिन्दूर’ सुनाए । उनले अहिले देखिएको सबै काण्डको पछि दुई तिहाइको सरकार रहेको आरोप लगाए ।
उनले भने, ‘यो अपवित्र गठबन्धन बनेदेखि नै देशले दुःख पाइरहेको छ, बाहिर हेर्दा एउटै देखिन्छ तर भित्र यो गठबन्धनमा अनेक खालका बखेडा हामीले हेरिरहेका छौं ।’ उनले अख्तियारले भिजिट भिसा प्रकरणमा गरिरहेको अनुसन्धान किन मिडियामा बाहिरियो ? भनेर प्रश्न गरे ।






