काठमाडौं । देशका प्रमुख सञ्चारमाध्यमका सञ्चालकहरूको साझा संस्था मिडिया अलाइन्स नेपालको प्रतिनिधिमण्डलले नेपाल रिपब्लिक मिडिया नेतृत्वसँग सोमबार छलफल गरी मिडियाविरुद्ध भइरहेका गतिविधि रोक्न ऐक्यबद्धता गर्ने बताएको छ ।
अलाइन्सको टोली नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सञ्चार संस्था र यसका सञ्चालकलाई धरासायी गराइदिने भनी धम्की दिएको घटना’bout बुझ्न र ऐक्यबद्धता गर्न गएको हो ।
अलाइन्स अध्यक्ष भाष्करराज राजकर्णिकार, आर्थिक दैनिकका प्रकाशक प्रह्लाद रिजाल र राजधानी दैनिकको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन्सका अध्यक्ष सचिन सेरचन संस्थाको प्रतिनिधित्व गर्दै नेपाल रिपब्लिक मिडियाको सुन्धारास्थित मुख्यालयमा पुगेर छलफल गरेका थिए ।
छलफलका क्रममा उनीहरूले पछिल्लो समय आमसञ्चारमाध्यममाथि भइरहेको प्रहारविरुद्ध ऐक्यबद्धता जनाएका थिए । पत्रकार दिलभूषण पाठकमाथि भएको गिरफ्तारीको वारेन्ट जारी, दुई अनलाइन माध्यम नेपाल खबर र बिजमान्डुविरुद्ध भएको समाचार हटाउने अदालती आदेशलगायतका घटनाक्रम समग्रमा प्रेसमाथि भइरहेका आक्रमणको सिलसिला रहेको समेत उनीहरूले छलफलका क्रममा बताएका थिए ।
छलफलका क्रममा समग्र सञ्चार जगतमा देखिएका समस्या, यसमाथि भइरहेका प्रहारविरुद्ध भावी रणनीति बनाउन सबै पक्षबीच छलफल आयोजना गर्नु पर्ने आवश्यकता समेतमा जोड दिइएको थियो । मुलुकको लोकतान्त्रिक आन्दोलनमा प्रेसजगतले गरेको योगदानलाई बेवास्ता गर्दै यसविरुद्ध योजनाबद्ध ढंगले भइरहेका आक्रमणप्रति सतर्क हुनुपर्ने अवस्था’bout पनि छलफल भएको थियो ।
रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली, निर्दे शक शोभा ज्ञवालीले घटना’bout जानकारी गराएका थिए ।






