दशगजामा रोकिएका ७० बढी नेपाली नवलपरासी भित्रिए

नवलपुर । पश्चिम नवलपरासीको नेपाल भारत सीमा जोडिएको दश गजामा राकिएका मध्ये ७० जना भन्दा बढीलाई नेपाल भित्र्याइएको छ ।

पश्चिम नवलपरासीका सुस्ता गाउँपालिकाले उनीहरुलाई नेपाल भित्र्याएका हुन् । पछिल्लो समय भारतमा छिटपुट रुपले रेल र सरकारी बस चल्न थाले पछि त्यहांका विभिन्न सहरमा रहेका नेपालीहरु घर फर्कन पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रका दशगजामा जम्मा भएका थिए ।

कोभिड १९ को सुरक्षा सतर्कता अन्तरगत दुई देशबीचको नाका सिल भएका कारण सयौं नेपाली दशगजामा आएर अड्एिका हुन् । विगत ३,४ दिनदेखि यहांको सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवा लगायतका सिमावर्ती क्षेत्रका दशगजा ’round ति नेपालीहरु बस्दै आएका थिए ।

देश छिर्ने आशमा सिमामा बस्दै आएका नेपालीलाई नजिकैका नेपाली र भारतीय बस्तीका स्थानीयले जसोतसो खाना खुवाउदै आएका थिए । उनीहरुको अवस्था दिनानु दिन नाजुक हुँदै गएपछि नेपाल भित्र्याइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

नेपालीहरु घर फर्कन सिमा तैनाथ सुरक्षावल मार्फत स्थानीय प्रशासनमा हार गुहार लगाई रहेकै बेला नेपालमा एक्कासी कोरोना संक्रमण बढे पछि उनीहरु पर्ख या फर्कको स्थितिमा पुगेका थिए ।

सिमामा रहेका सयौं नेपालीलाई उद्धार गरी सुरक्षित स्वदेश फर्काउन जिल्ला प्रशासन हुदै माथिल्लो तहमा आवश्यक समन्वय भई रहेको यहांका सुरक्षा निकायहरुले बताउँदै आएको थियो । सिमामा अड्किएका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउँदै समयमा देशभित्र ल्याउन नसके खुल्ला सिमानाबाट कतिपय लुकिछिपी खेतको बाटो गाउं पुग्ने स्थिति बढ्दै गएको थियो ।

यसैवीच सिमामा नेपालीले खाना न पानी र खुल्ला आकाशको भरमा प्रशासनको मुख ताकेर बसिरहन नसक्ने स्थिति बन्दै गएपछि स्थानीय सुस्ता गाउंपालिकाले मंगलबार सांझ ७० भन्दा बढीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखेको छ ।

भारतबाट आई सिमामा अलपत्र नेपालीलाई रेडजोनका र अन्यलाई गरी यहांका ७ वटा क्वारेन्टाइन केन्द्रमा राखिएको गाउंँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार सिमावर्ती पालिका सुस्तामा यसअघि ५ ओटा क्वारेन्टाईन रहेकोमा पछिल्लो समय सिमाको दशगजामा रहेका नेपालीलाई राख्न २ वटा स्कूलमा क्वारेन्टाइन थपिएको हो ।

सुस्ता गांउँपालिकाले क्वारेन्टाइनमा रहेका सवैलाई आवश्यक खाना पानीका अतिरिक्त नियमित स्वास्थ्य जांँचको प्रबन्ध गरिरहेको जनाएको छ । यहां क्वारेन्टाईन बस्नेको संख्या १ सय ३१ रहेको छ ।

पालिकाले यस अघि कोभिड १९ रोग नियन्त्रण तथा रोकथामका लागि तेश्रो मुलुक, छिमेकी देश भारत र नेपालकै अन्य भागबाट आउनेलाई गरी तीन किसिमको अलग अलग क्वारेन्टाईन निर्माणको अवधारण ल्याएको थियो ।

प्रदेश ५ अन्तरगत पर्ने पश्चिम नवलपरासीमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन । अब उनीहरुको स्वाब परीक्षण समेत गरिने बताइएको छ । उनीहरुलाई नेपाल भित्र्याइएसँगै पश्चिम नवलपरासीमा पनि संक्रमणको जोखिम बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु