काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तालोभमा पर्दा यसअघि भएका निर्णय पनि कार्यान्वयनमा ल्याउन सकेका छैनन् । जसपा नेपाल पार्टीकै निर्णय कार्यान्वयन नगरी अलमलमा छ भने नाउपाका मन्त्रीले राजीनामा नदिई पार्टीको निर्णय लत्याएका छन् । जसपा र नाउपा सत्ताको लोभमा पर्दा अलमलमा परेकाले पार्टी निर्णय नै कार्यान्वयन हुन सकेको छैन ।
जसपा नेपाल कार्यकारिणी समितिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्षसहित सरकारलाई दिएको समर्थन फिर्ता लिने’boutमा निर्णय गर्न भनेको छ । तर जसपा नेपाल संसदीय दलले सो ’boutमा निर्णय गरेको छैन । गत ७ र ८ असारमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकको निर्णय गत ९ असारमा सार्वजनिक गरिएको थियो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले दिएको निर्दे शन उनकै अध्यक्षतामा बस्ने संसदीय दलको बैठकले कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थन’bout पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ कार्यकारिणी समिति बैठकले गरेको निर्णयमा उल्लेख छ ।
तर, जसपा नेपालले संसदीय दलको बैठक राख्न आलटाल गरिरहेको छ । कार्यकारिणी समिति बैठकबाट निर्णयपश्चात् पार्टी अध्यक्ष यादव सत्ताको ‘बार्गेनिङ’मा लागेको उनकै पार्टीका नेताहरू बताउँछन् । साउन पहिलो साता मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । यसबीच ‘जसपालाई पनि सरकारमा सामेल गराउन सकिन्छ र मन्त्री पाउन सकिन्छ कि ?’ भन्ने उद्देश्यले समर्थन फिर्ता लिनमा ढिलाइ भएको हुनसक्ने बताइन्छ ।
तर जसपा प्रवक्ता मनिष सुमन बाहिर चर्चा गरिएको हल्लामा सत्यता नभएको बताउँछन् । कार्यकारिणी समितिले गरेको निर्णय संसदीय दलको बैठकमा छलफल गरी निर्णय उनले बताए । आइतबार संसदीय दलको बैठक बस्दै छ । सोही बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने’boutमा विस्तृत छलफल गरी अगाडि बढ्ने उनले बताए ।
जसपाको प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा ३ सांसद छन् । संसदीय दलको बैठकमा यही ८ सांसद सहभागी हुनेछन् । जसपा अध्यक्ष यादवसहित राजकिशोर यादव, प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव प्रतिनिधिसभा सदस्य हुन् । मृगेन्द्रसिंह यादव, पूजा चौधरी र खालिद सिद्धिकी राष्ट्रियसभा सदस्य हुन् । यी आठ सांसदमध्ये चौधरी र सिद्धिकी मात्रै कार्यकारिणी समितिमा छैनन् । बाँकी ६ जना कार्यकारिणी समितिमै रहेका छन् । जुन कार्यकारिणी समितिले ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।
दुई जना कार्यकारिणी समितिमा नभएकाले फरक मत राखेपनि बहुमतले सरकार असफल भएको निष्कर्ष निकालिसकेको छ । तर संसदीय दलको बैठक लम्ब्याउने र सत्ताको खेलकै कारण सरकारलाई दिएको समर्थन’bout औपचारिक निर्णय हुन नसकेको बताइन्छ । जबकि जसपा नेपालभन्दा पछि नाउपाले सरकारको ’boutमा समीक्षा गर्दै समर्थन फिर्ता लिइसकेको छ ।
नाउपाभन्दा अघि नै सरकार असफल भएको निष्कर्ष निकालेको जसपा नेपालले समर्थन फिर्ता ’boutमा निर्णय गर्न किन ढिलाइ गरेको भन्ने’boutमा पार्टी नेताहरू नै अचम्मित छन् । उता, नाउपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नाउपाले सुदूरपश्चिम, लुम्बिनी, मधेश प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संघीय सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले अझै राजीनामा दिएका छैनन् ।
पार्टीले राज्यमन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिइसकेको छ । तर चौधरी मन्त्रालय पनि जाँदैनन र पार्टीको सम्पर्कमा पनि छैनन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिइसकेको बताइन् । ‘सरकारलाई दिएको समर्थन हामीले फिर्ता लिइसकेका छौं । पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई पनि राजीनामा दिन निर्देशन भइसकेको छ । उहाँले किन राजीनामा दिनुभएन उहाँलाई नै एकचोटी बुझ्नुहोला,’ नाउपा अध्यक्ष श्रेष्ठले राजधानीसँग भनिन् । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी नाउपाले गत आइतबार सभामुख देवराज घिमिरेलाई दिएको थियो ।
नाउपा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यसमेत रहेकी श्रेष्ठले सभामुख घिमिरेलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराउँदै अब नाउपा प्रतिपक्षी बेन्चमा बस्ने’boutमा समेत जानकारी गराएकी थिइन् । त्यसयता नाउपा प्रतिनिधिसभामा प्रतिपक्षी बेन्चमा बस्दै आएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेपछि पार्टीले संघीय सरकारसहित सुदूरपश्चिम, लुम्बिनी, र मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
नाउपाले समर्थन फिर्ता लिएपछि त्यस’boutमा पुनर्विचार गर्न प्रधानमन्त्री ओलीले भनेका छन् । यसबीचमा नाउपा संरक्षक रहेका रेशमलाल चौधरी र अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । चौधरीले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर ओलीसँग भेटेका थिए । यस्तै देउवाले चौधरीलाई बुढानीलकण्ठमा बेलाएर छलफल गरेका थिए । जसपा जस्तै नाउपा पनि सत्ताको लोभमा परेको बताइन्छ । प्रधानमन्त्री ओलीले साउनको पहिलो हप्ता मन्त्रिपरिषद् पुनर्गठन गर्दा राज्यमन्त्रीबाट ‘फुलमन्त्री’ लिने दाउमा नाउपा नेता रहेको बताइन्छ । त्यही भएर राज्यमन्त्री चौधरीले राजीनामा दिनमा आलटाल गरेको चर्चा छ ।






