गुल्मी । गुल्मीकि मनिसा सेनको लागि शनिबारको दिन अविष्मरणीय रह्यो । किनकि व्यवसायीक फुटबलअन्तरगत उनले नेपालबाट भुटानबिरूद्व डेब्यु गरिन् । त्यो उनको सपना मात्रै होइन, भविष्य पनि हो । राष्ट्रिय महिला फुटबल टिममा मनिषाको उपस्थितिले उनी र उनको परिवार मात्रै होइन, सिंगो जिल्लाले इतिहास रचेको छ ।
किनकि उनी गुल्मीबाट पहिलो पटक राष्ट्रिय महिला फुटबल टिमबाट खेल्ने पहिलो खेलाडी बनिन् । बंगलादेशमा भएको साफ वमन यु २० च्याम्पियनसिपमा उनी सम्मिलित नेपालको टिमले भुटानलाई ६(१ गोल अन्तरले हराएको छ ।
बुवा नारायण सेन ठकुरी ओली र आमा उमा देवी ठकुरी ओलीबाट २०६४ असार २६ गते मदाने (०५ मलागिरीमा मनिषाको जन्म भएको थियो । उनले ०७८ मा तम्घासको आदर्श विध्या आश्रमबाट एसइई दिएकी थिइन् । प्रिन्सिपल राजु कुँवरका अनुसार तम्घासको पुल्चोक युवा क्लवद्वारा आयोजित जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगितामा उनले लगातार ०७५,०७६ र ०७७ मा आदर्श विध्या आश्रमको तर्फबाट सहभागीता जनाएकी थिइन् ।
जसमा ०७५ र ०७६ मा जिल्लाकै सर्वोत्कृष्ट खेलाडी भएको प्रिन्सिपल कुँवरले जानकारी दिए । तीन बर्षमा मनिषाले सबैभन्दा बढी १८ गोल गरेको क्लवका सल्लाहकार सन्तोष न्यौपानेले जानकारी दिए ।
पछिल्लो समय उनले काठमाडौंमा प्रशिक्षण लिएपनि तम्घासमा अमृत मरासिनीले प्रशिक्षण गरेका थिए । मनिषाले दाङ, काठमाडौं, बुटवल लगायतका ठाउँमा गएर पनि खेल प्रदर्शन गरेकी थिइन् ।






