डडेल्धुरा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा

पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा कार्यक्रममा आफ्ना भनाई राख्दै राज्यमन्त्री खड्का । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । डडेल्धुरा जिल्ला १०औं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पहिलो पटक २०७२ साल पुस १० गतेका दिन डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । त्यस यता प्रत्येक वर्ष १६ महिना देखि ५ वर्ष मूनीका सबै बालबालिकाहरु लाई खोप लगाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै आएको छ ।

शनिबार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काको प्रमूख आतिथ्यमा डडेल्धुरालाई १०औं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख केशर साउदले जानकारी दिए । उनका अनुसार डडेल्धुरामा हाल १०६ वटा खोप केन्द्रहरुबाट प्रत्येक महिनाको २ गते देखी ८ गतेसम्म नियमित खोप सेवा प्रवाह गरिदै आएको छ ।

यहाँका सात वटै पालिकाका उप्रमुख, स्वास्थ्य शाखा संयोजकलाई प्रमुख अतिथिबाट र जिल्ला पूर्ण खोप समन्वय समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीलाई प्रमाणपत्र हस्तान्तर गरि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको थियो ।

यहाँका सात वटा पालिकाका ५२ वटै वडाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए पश्चात जिल्ला नै घोषणा गरिएको हो । कार्यालय प्रमुख साउदका अनुसार गत माघ महिनाबाट सुरु भएको घरधुरी सर्वेक्षणमा १५ महिना सम्माका जम्मा दुई हजार ३८३ जना बालबालिकाहरु मध्ये तीन जना शुन्य डोज २७ जना केही न केही खोप छुट भएको पाईएको थियो । १६ महिना देखि ५९ महिनासम्मका सात हजार ५२० जना बालबालिकाहरु मध्ये तीन जना शुन्य डोज र ७० जना केही न केही खोप छुट भएका बालबालिका भेटिएका थिए । खोप छुट भएका बालबालिकाहरु लाई वैशाख महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप लगाई खोप महिनाका रुपमा मनाईएको थियो ।

प्रदेश पूर्ण खोप समन्वय समितिले भेरिफिकेसन गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि अनुमती प्रदान गरेपछि जिल्लालाई घोषणा गरिएको उनले जानकारी दिए । घोषण कार्यक्रममा प्रत्येक स्थानीय तहबाट एक÷एक जना उत्कृष्ट खोप कार्यकर्ता, उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्य कार्यालयका उत्कृष्ट कर्मचारीलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।

अमरगढी नगरपालिकाबाट उत्कृष्ट खोप कार्यकर्ता डडेल्धुरा अस्पतालमा कार्यरत सी.अ.न.मी.नी सुजिता गुरुङ, परशुराम नगरपालिकाबाट जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अ.न.मी.रेखा भट्टराई, आलिता गाउँपालिकाबाट हर्तोला आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अ.हे.व. हेमन्त मडै, भागेश्वरबाट रुपाल स्वास्थ्य चौकीमा कार्यरत सी.अ.हे.व. योगेन्द्र खड्का, अजयमेरुबाट भद्रपुर आधारभूत अस्पतालमा कार्यरत सी.अ.न.मी.नी सावित्री पनेरु, नवदुर्गाबाट बेलापुर स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व. प्रेम बहादुर साउद र गन्यापधुराबाट असिग्राम स्वास्थ्य चौकीमा कार्यरत नवराज जोशीलाई नगदसहित दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

स्वास्थ्यलाई एक घण्टा नारासहित स्वस्थ्य रहन मन्त्रालका योजनाः राज्यमन्त्री खड्का
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काले खोपले सर्ने रोगहरुबाट मात्रै नजोगाई नसर्ने रोगहरुबाट समेत जोगाई रहेको बताईन । पहिले सरुवा रोगको रोकथामका लागि खोप जीवन रक्षक बनेको थियो । तर पछिल्ला वर्षहरुमा नसर्ने रोग जस्तै महिलाको पाठेघरको मुखको क्यान्सरबाट जोगिन खोप अनिवार्य भएको छ । गत वर्ष देखि डडेल्धुरामा पनि एचपिभि खोप लगाईएको छ । यस कारण सरुवा त भईनै हाले नसर्ने यस्ता रोगहरुबाट प्राण जोगाउन खोप लगाउनु अनिवार्य छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेकी राज्यमन्त्री खड्काले सामाजिक विकास मन्त्रालयले स्वस्थ्य रहनाका लागि नयाँ आर्थिक वर्षमा स्वास्थ्यलाई एक घण्टा नारा लिई रातो किताबमा योजना समेटेको जानकारी दिईन् । व्यस्ताताको जीवनमा कम्तिमा पनि एक घण्टा, ध्यान, साधना, योग वा कुनैपनि कसरत, व्यायम अनिवार्य रुपमा लागु गर्ने उद्देश्यकासाथ स्वास्थ्य लाई एक घण्टा नारा कायम गरिएको उनले बताईन ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाहरु मध्ये डडेल्धुराका स्थानीयको स्वास्थ्य उपचारका क्षेत्रमा पहुच बढेको उनको भनाई थियो । जिल्ला सदरमुकाममा संघिय सरकार मातहतको डडेल्धुरा अस्पताल र भित्रिमधेशको जोगबुडामा रहेको जोगबुडा अस्पताल हालै मात्र प्रदेशिक अस्पतालका रुपमा विकास गरिएकाले स्वास्थ्य उपचार क्षेत्रमा यहाँका नागरिकको स्वास्थ्यमा पहुच बृद्धि भएको उनले बताईन ।

हाल तीनै तहका सरकारले स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार निर्माणका काममा बढी ध्यान दिएको उल्लेख गर्दै उहाँले निर्वाचित जनप्रतिनिधिहरुले अझै दत्तचित्त भएर जनताको सेवाका लागि काम गर्न आग्रह गरिन ।

जिल्ला पूर्ण खोप समन्वय समिति संयोजक र स्वास्थ्य कार्यालयका प्रमुख लाई प्रमाणपत्र हस्तान्तरण गर्दै राज्मन्त्री खड्का ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार