मुगु । मुगु जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका ४ वटै पालिकामा रहेका १६ देखि २३ महिना सम्मका बालवालिका १५ महिना उम्मेर भित्र पाउनु पर्ने सम्पुर्ण खोप बाट वञ्चित नभएको र अब आउने दिनहरूमा पनि खोपहरु नियमित प्राप्त गरिराख्ने प्रतिबद्धताका साथ उक्त कार्यक्रम घोषणा गरिएको हो ।
एक नगरपालिका ३ गाउँपालिका र पुरै जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा बिहीवार जिल्ला समन्वय समिति मुगुको सभहलमा एक कार्यक्रम बीच पुर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मुगुका प्रमुख तथा खोप समन्वय समितिका प्रमुख मंजन बहादुर कार्कीले गरेका थिए ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख उप- प्रमुख, छायाँनाथ रारा नगरपालिकाका मेयर, उप-मेयर, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित विभिन्न निकायका सुरक्षा प्रमुखहरू, सरकरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मी , पत्रकार महासंघ अध्यक्ष तथा अन्य विभिन्न मिडियामा आवद्ध संचारकर्मी, शिक्षक, जिल्लास्थित गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, नागरिक अगुवा, महिला स्वास्थ्य स्वयं सेबिकाहरु, विद्यार्थीलगायत सरोकार वालाको उपस्तिथि थिए ।
कार्यक्रममा स्थानीय बाजागाजाका साथ विद्यार्थी हरुले संदेशमुलक देउडागित समेत प्रदर्शन गरिएको थियो । जिल्ला पुर्ण खोप सुनिश्चितता र दिगोपना घोषणामा सहयोग र योगदान पुराएको भन्दै जिल्लास्थित केही चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, महिला स्वास्थ्य स्वयंसेबिका लगायत अन्य केही ब्यक्तीत्वहरु सम्मानित भएका थिए ।






