पानी माग्दै मध्यरातमा महिलाहरुद्वारा इन्द्र देउताको पुजा

राजविराज । लामो समयदेखि गर्मी बढेर जनजीवन कष्टकर तथा बर्षा नहुँदा किसानहरु समस्यामा परेका बेला यहाँका महिलाहरुले इन्द्र देवतालाई खुशी पार्न जट–जटिन धार्मिक सांस्कृतिक कार्यक्रम तथा पुजापाठ शुरु गरेका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवा स्थित पञ्जियार टोलमा शुक्रबार मध्यराती स्थानिय महिलाहरुको अगुवाईमा पानी माग्दै इन्द्र देउतालाई खुशी पार्न जट–जटिन धार्मिक सांस्कृतिक कार्यक्रम र पुजापाठ गरिएको हो ।

राती १ बजे देखि शुरु भएको जट–जटिन तथा पुजापाठमा स्थानिय महिलाहरु ठूलो संख्यामा सहभागी भएको धार्मिक सांस्कृति कार्यक्रम तथा पुजा समिति की संयोजक उर्मिला देवी पञ्यिारले जानकारी दिईन् ।

मध्यरातमा जट–जटिन सांस्कृतिक कार्यक्रम तथा पुजापाठ गरेमा इन्द्र देउता खुशी भई पानी पारिदिने जनविश्वासका कारण यस्तो कार्यक्रम गरिएको उनको भनाई छ ।

उक्त कार्यक्रम शनिवार मध्यरातीमा समेत गरिने उनले जानकारी दिईन् । अध्याधिक गर्मी बढे संगै खेतीबाली, बोट विरुवा, पानीका मुहान र खेत सुक्न थालेका कारण पानीको माग गर्दै स्थानिय महिलाले सामूहिक रुपमा वैदिक विधिपूर्वक यस्तो पुजापाठ गरेको स्थानिय युवा एवं समाजसेवी अनिल पञ्जियारले बताए ।

उक्त क्रममा महिलाहरुले जट–जटिन नृत्य गीतका साथै इन्द्र देउताको बैदिक मन्त्र पाठ तथा अन्य पुजा विधि गरेका थिए । खेत किनारमा गरिएको यस्तो पुजा विधि २ घण्टासम्म चलेको स्थानियवासी राजकुमार पासवानले बताए ।

असार वित्न लागेपनि बर्षा नहुँदा सप्तरीका किसानहरु रोपाई गर्न पाएका छैनन् । बर्षा नहुँदा जिल्लामा हाल सम्म १६ प्रतिशत जग्गामा मात्र धान रोपाई हुन सकेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार