स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्रि

राजविराज, सप्तरी । स्वास्थ्य सामाग्रिहरुको अभाव भइरहेको बेला राजविराज नगरपालिका कार्यालयलाई काठमाडौंस्थित एक गैरसरकारी संस्थाले बुधबार स्वास्थ्य सामाग्रि सहयोग गरेको छ ।

इम्प्याक्ट नेपाल काठमाडौंले यहाँस्थित प्राथमिक कान उपचार केन्द्रको समन्वयमा एक कार्यक्रमबीच ७ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्रि नगर प्रमुख शम्भु प्रसाद यादवलाई हस्तान्तरण गरेका छन् ।

यसरी उपलब्ध गराइएको सामाग्रिहरुमा केएन ९५ रेसपिरेटर्स मास्क २ सय थान, थ्री प्लाई सर्जिकल मास्क २ हजार थान, पिपिसी १ सय थान, सेफ्टी चश्मा २ सय थान रहेका छन् । यस्तै आई आर थर्मोमिटर १० थान, सुजकोभर १ सय जोडा, हेडकोभर १ सय थान र लेटेक मेडिकल ग्रेड डिस्पोजल २० हजार थान लगायतका सामाग्रि पनि प्रदान गरिएको केन्द्रका सहायक नरेश कुमार यादवले जानकारी दिए ।

सो अवसरमा सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै नगर प्रमुख यादवले प्राप्त स्वास्थ्य सामाग्रि गजेन्द्र नारायण सिंह अस्पताल, साईकृष्णा अस्पताल, युनिक अस्पताल तथा विभिन्न स्वास्थ्य चौकी तथा क्वारेन्टाइन केन्द्रमा आवश्यकता अनुसार तत्कालै बितरण गर्ने व्यवस्था मिलाउने जानकारी दिए ।

गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासले स्वास्थ्य सामाग्रिको अभावका बीच जोखीमपूर्ण अवस्थामा स्वास्थ्यकर्मीहरु काम गर्न बाध्य भएको बेला प्राप्त सहयोगले थोरै भएपनि राहत मिल्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 418 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत