कास्की कारागारमा कैदीबन्दीको विरोध

पोखरा । कास्की कारागारमा कैदीबन्दीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले आइतबार कारागारमै टायर बाल्दै विरोध प्रदर्शन गरे ।

ब्लक ‘ए’ का कैदीबन्दीले पुरानो नाइके प्रवीण गुरुङ हटाएर अजय गुरुङलाई नाइके नियुक्त गरिएको भन्दै यसरी विरोध गरेका हुन् । उनीहरुले नयाँ टाइके अमान्य भएको बताएका छन् । कैदीबन्दीहरुले आफ्नो मागबमोजिमको नभई असक्षम, अलोकप्रिय व्यक्ति नियुक्त गरिएको आरोप लगाएका छन् ।

अप्रिय घटना हुन नदिन कारागारमा बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएको छ । कारागार प्रमुख राजेन्द्र शर्माले आन्तरिक चौकीदार नियुक्तिको विषयमा सामान्य विरोध भएको स्वीकार गर्दै स्थिति नियन्त्रणमा रहेको र छलफलबाट समाधानको प्रयास भइरहेको जानकारी दिए ।

कास्की कारागारमा ब्लक ‘ए’ मा ४ सय ६६ जना छन् । यस्तै, ब्लक ‘बी’ मा ४ सय ८० छन् । महिला ब्लकमा ३५ जना कैदीबन्दी राखिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ