रौतहट । रौतहटको बेग्ला बेग्लै स्थानमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर २ जना किसानको मृत्यु भएको छ । आज बुधबार बिहान धान रोप्नको लागी खेतमा पानी लगाउने क्रममा मोटर चलाउदा करेन्ट लागेर ति दुई जनाको ज्यान गएको हो ।
बुधबार बिहान माधव नारायण —४ बिसनपुर्वा मानपुर बस्ने तुल्सी मुखियाको छोरा ४० बर्षिय रामबाबु मुखियाको खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले जानकारी दिएका छन ।आफ्नो खेतमा सिचाई गर्नको लागी जडान गरिएको मोटरको तारबाट करेन्ट लगी घाईते भएका मुखियाको उपचारको क्रममा प्रादेशिक अस्पताल गौर गएकोमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक कार्कीले बताए
यसैगरी कटहरीया —२ जमुनियाटोलका लाल महमद देवानको ५२ बर्षिय छोरा मोक्तार देवानको पनि आफनै खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको उहाले जानकारी दिनुभयो । आफनो खेत सिचाई गर्नको लागी जडान गरेको मोटरको तारबाट करेन्ट लागी घाईते भएका देवानको उपचारको क्रममा गरुडा स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रनाउ कार्कीले जानकारी दिए ।
यस अघि गत असार ३१ गते मौलापुर—८ सोनरनियाका सुधन राउतका १४ बर्षिय छोरा गोलु भन्ने नरेन्द्र पटेलको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । एक हप्ता भित्र मात्रै रौतहटमा ३ जना किसानको करेन्ट लागेर ज्यान गएको छ ।






