काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तक्र्रिया गरेका छन् ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक घिमिरेले गत आर्थिक वर्ष १ साउन २०८१ देखि २०८२ असार मसान्तसम्मको १ वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरूसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । सोक्रममा उनले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्तिअन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्या’bout जानकारी दिए । प्रहरीको इकाइगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोस्टमा कार्यरत एवं नयाँ स्तरवृद्धिका लागि माग भएका इकाईहरूका ’boutमा संख्यागत विवरण प्रस्तुत गरेका थिए ।
यसैगरी, सो अवधिमा भएका नयाँ नियुक्तिका लागि सिफारिस, छनोटका क्रममा रहेका पदहरू, नयाँ नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, कारबाही तथा पुरस्कारका साथै प्रशिक्षणसम्बन्धी विवरण प्रस्तुत गरे । १ वर्षको अवधिको अपराध अनुसन्धान तथ्यांक प्रस्तुतीकरण गर्नुका साथै मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्यांक, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरणसम्बन्धी तथ्यांकसमेत उनले प्रस्तुत गरे ।
प्रहरी नायब महानिरीक्षक घिमिरेले सो अवधिमा भएका चर्चित अपराधको अनुसन्धानसम्बन्धी विवरण, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता एवं एनसीबी काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण’bout जानकारी दिए । यसैगरी, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटनासम्बन्धी तथ्यांक, ट्राफिक कारबाहीसम्बन्धी विवरण, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा एवं हासिल गरेका मुख्य उपलब्धिहरूका ’boutमा समेत उनले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिए ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक घिमिरेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवं सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवं नागरिकप्रतिको जवाफदेहिताका लागि सञ्चारकर्मीबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीबीच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताए ।






