कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले सत्ता साझेदार नेपाली कांग्रेसले गठबन्धन संस्कृतिअनुरूप व्यवहार नगरेको निष्कर्ष निकालेको छ । बिहीबार प्रदेशसभास्थित दलको कार्यालयमा बसेको बैठकले कांग्रेसले सरकारका काम कारबाहीमा लगातार असहयोग गरेको र संयुक्त सरकार सञ्चालनको संस्कृतिअनुरूप भूमिका निर्वाह नगरेको निष्कर्ष निकालेको हो ।

प्रदेश संसदीय दलले भन्यो– कांग्रेसले गठबन्धन संस्कृतिअनुरूपको भूमिका देखाएन

कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसले आर्थिक मामिलासहित चार मन्त्रालय लिएको छ । दुई दलबीच सत्ता सहकार्य भएको १ वर्ष बितिसक्दासमेत कर्णालीमा यी दलबीच सुमधुर सम्बन्ध छैन ।

कांग्रेस दलका नेता जीवनबहादुर शाहीले सार्वजनिक रूपमा सरकार छाड्ने धम्की दिने गरेको, सरकारका काममा लगातार असहयोग गर्ने गरेको एमालेको बुझाइ छ । एमाले प्रमुख सचेतक टेकराज पछाईले कांग्रेसको भूमिका’bout बैठकमा व्यापक छलफल भएको जानकारी दिए । ‘बैठकमा सत्ता सहकार्यको विषयमा गम्भीर समीक्षा भयो, कांग्रेसको जे भूमिका हुनुपथ्र्यो, त्यो भूमिकाचाहिँ भएन भन्ने निष्कर्ष रह्यो,’ पछाईले भने ।

कर्णाली प्रदेश सरकारको प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यले तयार गरेको संगठन तथा व्यवस्थापन प्रतिवेदन कार्यान्वयन हुन नदिने अभिव्यक्ति दिइरहेको, महत्वपूर्ण राजनीतिक नियुक्तिमा सहमति नदिएको, सरकारमा सहभागी मन्त्रीहरूले नै सरकारको निर्णयविरुद्ध सार्वजनिक रूपमा बोल्ने गरेको, सामान्य विषयमा समेत कांग्रेस सांसदहरूले सदनका काम कारबाहीमा अवरोध पु¥याउने गरेको भन्दै एमाले असन्तुष्ट छ । एमाले सचेतक पछाईले कांग्रेस अहिले सरकारको सहयात्रीभन्दा पनि ‘प्रतिपक्ष’जस्तो देखिएको बताए ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता यामलाल कँडेल, पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहको समेत उपस्थिति थियो ।

४० सदस्यीय प्रदेशसभामा एमालेका १० सांसद छन् ।

यता, कांग्रेस नेता जीवनबहादुर शाहीका स्वकीय सचिव राजबहादुर रोकायाले कर्णाली प्रदेशमा गठबन्धनको भावना र संस्कार तथा गठबन्धन संस्कृतिको पालना कांग्रेसले मात्र एकपक्षीय रूपमा गर्न नसक्ने टिप्पणी गरेका छन् । एमाले संसदीय दलको निर्णयपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गठबन्धन संस्कृतिभित्र पूर्वछलफल, आपसी समझदारी, सहमति र सहकार्य भन्ने शब्दहरू अटाउनुपर्ने उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम