अधिक तरलताका बाबजुद पनि बैंकहरूको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । बैंकहरूमा १० खर्बभन्दा बढीको अधिक तरलता भए पनि बैंकहरूको नाफा भने बढेको बढ्यै छ । लामो समयसम्म अधिक तरलता कायम रहेको र ब्याजदर न्यून अवस्थामा पुगेका बेला पनि बैंकहरू नाफामा रहेका हुन् ।

अहिले ब्याजदर घटेर ४९ महिनायताकै सबैभन्दा कम छ । तर, बैंकहरूको नाफा भने गत आर्थिक वर्ष २०८१–८२ मा बढेको छ । निक्षेप वृद्धिको अनुपातमा कर्जा विस्तार हुन नसके पनि सोमबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरू नाफामा देखिएका हुन् ।

कुमारीको लाभांश क्षमता ऋणात्मक

प्रकाशित विवरणअनुसार एभरेस्ट बैंकको लाभांश क्षमता ३८ दशमलव २७ प्रतिशत रहेकोे छ । यसैगरी, सानिमा बैंकको २० दशमलव ४७ प्रतिशत, माचापुच्छ्र«े बैंकको १५ दशमलव ७ प्रतिशत, सिद्धार्थ बैंकको १३ दशमलव २२ प्रतिशत, कृषि विकास बैंकको १८ दशमलव ४२ प्रतिशत, सिटिजन्स बैंकको ५ दशमलव २५ प्रतिशत र कुमारी बैंकको ऋणात्मक वितरणयोग्य मुनाफा रहेको छ । सिटिजन्स बैंकले अघिल्लो आवको तुलनामा गत आवमा २ प्रतिशतले नाफा घटेको देखाएको छ ।

माछापुच्छ«े बैंकले पनि करिब शतप्रतिशतले नै नाफा बढेको देखाएको छ । यसबाहेक कृषि विकास बैंकले ४८ प्रतिशत र सिद्धार्थ बैंकले १० दशमलव शून्य ६ प्रतिशतले नाफा बढाएर देखाएका छन् । एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढेको छ । कुमारी बैंकले हजार प्रतिशतभन्दा बढी खुद नाफा कमाएको छ ।

कृषि विकास बैंकको नाफा ४८ प्रतिशत वृद्धि भएको छ । गत आवको चौथो त्रैमाससम्म सिद्धार्थ बैंक लिमिटेडको वितरणयोग्य मुनाफा तीन गुणाले बढेको छ ।

माछापुच्छ«े बैंकको नाफा ९२ प्रतिशतले बढेको पाइएको छ । एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढेको छ ।

यसैगरी, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाफामा भने गिरावट आएको छ । सानिमा बैंक लिमिटेडले गत आवमा आफ्नो नाफामा ७ प्रतिशतले बढाएको छ ।

माछापुच्छ«े बैंकको खुद नाफा ९२ प्रतिशत
सार्वजनिक भएकामध्ये माछापुच्छ«े बैंकले चौथो त्रैमासिकमा खुद नाफा ९२ प्रतिशत बढाएको छ । उसले २ अर्ब १ करोड रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा १ अर्ब ४ करोड रुपैयाँ थियो ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) उच्च दरले घटेपछि नाफामा उल्लेख्य वृद्धि देखिएको हो । यस्तो रकम अघिल्लो आवमा १ अर्ब ३९ करोड रहेकामा अहिले ३५ करोड ३७ लाख रुपैयाँ छ । बैंकले समयमै कर्जा रकम उठाउन नसक्दा नियामकीय प्रावधानअनुसार ‘इम्पेरिमेन्ट चार्ज’ तिर्नुपर्ने हुन्छ ।

माछापुच्छ«ेको १ अर्ब ७ करोड रुपैयाँ वितरणयोग्य नाफा छ । प्रतिसेयर ९ रुपैयाँ २३ पैसा वितरणयोग्य नाफा हो । प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ८० पैसा छ । कुल कर्जामा निष्क्रिय कर्जा ३ दशमलव ८३ प्रतिशत छ, पहिले ३ दशमलव ८६ प्रतिशत थियो ।

कुमारी बैंकले दिन सक्दैन लाभांश
कुमारी बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४६ लाख रुपैयाँको तुलनामा करिब ४ सय गुणा हो ।

अघिल्लो आवमा नाफा ह्वात्तै घटेको कुमारी बैंकको गत आवमा ४५ हजार ९ सय ८ प्रतिशतले नाफा बढेको छ । जुन अघिल्लो आवको तुलनामा ४ सय ५९ गुणा धेरै हो । अघिल्लो आवमा लाख मात्रै कमाउन सफल देखिएको बैंकले गत आवमा २ अर्ब रुपैयाँमाथिको नाफा गरेको छ ।

अघिल्लो आवमा नाफामा खुम्चिएर बैंकले जम्मा ४६ लाख रुपैयाँ मात्रै कमाएको थियो । तर, गत आवमा भने २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको हो ।

कुमारीको ब्याज आम्दानी ७ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । तर, वितरणयोग्य नाफा ऋणात्मक २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

सिद्धार्थ बैंकको कुल नाफा १० दशमलव २४ प्रतिशतले वृद्धि
सिद्धार्थ बैंकको कुल नाफा १० दशमलव २४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा २ सय २० प्रतिशतले बढेर १ अर्ब ८६ रुपैयाँ करोड पुगेको छ । ब्याज आम्दानी ६ दशमलव ४३ प्रतिशतले वृद्धि भई ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा रहेको छ ।

बैंकले डिबेन्चर रिडेम्सन रिजर्भका लागि १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि १३ दशमलव २२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने आधार तयार भएको छ । अघिल्लो वर्ष सोही अवधिसम्म वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो ।

बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आवको सोही अवधिको तुलनामा तीन गुणा अर्थात् २ सय २० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंककोे नाफा ४४ प्रतिशतले वृद्धि
कृषि विकास बैंकले ४४ प्रतिशत नाफा वृद्धि गर्दै ४ अर्ब १५ करोड रुपैयाँ कमाएको छ । प्रावधान रकम २ अर्ब १५ करोडबाट घटेर १० करोड रुपैयाँमा सीमित भएको छ ।

सो बैंकको ब्याज आम्दानी भने ७ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६ पैसा छ ।

बैंकले इम्पेयरमेन्ट चार्ज घटाएर नाफा बढेको देखाएको हो । बैंकले खुद ब्याज आम्दानी ६ दशमलव ९३ प्रतिशतले बढेर ९ अर्ब ८२ करोड रुपैयाँ देखाएको छ भने कुल सञ्चालन आम्दानी १ दशमलव ८४ प्रतिशत घटेको देखाएको छ । बैंकले यस वर्ष खुद सञ्चालन आम्दानी २१ दशमलव ७१ प्रतिशतले बढेको देखाउँदा सञ्चालन मुनाफा भने ४१ दशमलव २९ प्रतिशत बढाएर देखाएको छ ।

बैंकको खराब कर्जा ३ दशमलव ९१ प्रतिशतबाट घटेर ३ दशमलव २६ प्रतिशत आइपुगेको छ भने इम्पेयरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट घटेर १० करोड रुपैयाँमा सीमित भएको छ ।

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो
सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा झरेको छ । प्रावधान रकम १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

यस बैंकको ब्याज आम्दानी करिब १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा रहेको छ ।

अघिल्लो आवमा बैंकले १ अर्ब ३२ करोड कमाएकामा गत आवमा १ अर्ब २९ करोड रुपैयाँले बढेको देखाएको हो । यो अघिल्लो आवको तुलनामा २ दशमलव २७ प्रतिशतले घटेको हो ।

गत आवमा बैंकले १७ अर्ब ३० करोड ब्याज आम्दानी गरेको देखाएको छ अघिल्लो आवमा यसभन्दा बढी १९ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

अघिल्लो वर्ष २ अर्ब ४ करोड मुनाफा कमाएको बैंकले गत आवमा २ अर्ब रुपैयाँ मात्रै नाफा कमाएको हो । बैंकले खराब कर्जा पनि बढेको देखाएको छ । अघिल्लो आवमा ४ दशमलव १० प्रतिशतमा रहेको खराब कर्जा गत आवमा ४ दशमलव ९४ प्रतिशतमा पुगेको छ ।

एभरेस्ट बैंकको ५ अर्ब रुपैयाँ खुद नाफा
एभरेस्ट बैंकले गत आवमा करिब ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन ३२ दशमलव ८० प्रतिशतले वृद्धि हो । खुद ब्याज आम्दानी १९ दशमलव ३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

यस बैंकको सञ्चालन नाफा पनि ३१ दशमलव ६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंकले सेयरधनीलाई ३८ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखाएको छ ।

सानिमा बैंकलाई २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा
सानिमा बैंकले गत आवमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन ७ दशमलव २४ प्रतिशतले बढी हो । ब्याज आम्दानी २ दशमलव ८१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

सो बैंकको वितरणयोग्य नाफा ९२ दशमलव १३ प्रतिशतले बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा १ दशमलव २१ प्रतिशत कायम रहेको छ । प्रतिसेयर आम्दानी १८ दशमलव ९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ६८ दशमलव ८३ रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको प्रश्न दबाएर सत्य लुकाउन सकिँदैन : कांग्रेस मधेस प्रदेश उपसभापति सिंह