सर्लाही कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहले दिए राजीनामा

सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । उनले राजिनामापत्र पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका हुन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी, संगठन र कार्यकर्ताको हितलाई निरन्तर प्राथमिकता दिँदै आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

२०५६ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरमा कांग्रेसमा प्रवेश गरेका सिंहले लामो समयदेखि पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । पछिल्लो दुई कार्यकालमा उपसाभापतिको भूमिका निर्वाह गरेका सिंहले २०७८ साल फागुन २९ गतेदेखि सभापति भएर काम गरिरहेका थिए ।

पछिलो पटक ममाथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ। अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो, तर उक्त निर्णयले मलाई अन्याय भएको मेरो ठहर छ। ममाथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइ लडिरहनेछु सिंहले बताए ।

आफूले अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन। यसकारण म नियम कानुन र पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी दिए ।

“म पार्टीको आधिकारिक जिम्मेवारीमा नरहे पनि सधैं पार्टी र लोकतन्त्रको संरक्षण तथा मजबुतीका लागि लागिरहनेछु,” सिंहले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 575 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी