सुनको मूल्य तोलाको २ लाख ६ सय रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार तीन सय ५५ रुपैयाँमा कायम भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग