वृहत महिला सम्मेलन ‘नारी शक्ति र समर्पण सम्मान’

वीरगन्ज । वीरगन्ज उद्योग बाणिज्य संघले वृहत महिला सम्मेलन गर्दै ‘नारी शक्ति, समर्पण र सम्मान’ गर्ने भएको छ । बारा, पर्सामा छरिएर रहेका विभिन्न १६ विधाका अब्बल व्यवसायी महिलाहरुलाई संघले वृहत महिला सम्मेलन गर्दै सम्मान गर्ने भएको हो ।

सो कार्यक्रमका लागि संघले डा.लक्ष्मी थापाको संयोजकत्वमा २७ सदस्य महिला उद्यमशिल विकास समिति भनी छुट्टै समिति बनाई २५ जना महिलाहरुलाई सम्मान गर्ने तयारी पूरा भएको पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सम्मानका लागि अनलाईन र अफलाइन दुवै तरिकाले बारा, पर्साका विभिन्न व्यवसाय र ईलममा जोडिएका महिलाहरुको आवेदन संकलन भइरहेको पनि छ । अहिलेसम्म २ सय ४० जना व्यवसायी महिलाहरुले आवेदन पनि दिइसहेको संघका सहसचिव अनुप अग्रवालले बताए । आवेदकहरु मध्ये १८० जनाले अनलाईनबाट उपस्थिति जनाइसकेका छन् । त्यसमा पनि ५० जना पर्सा बाहिरका रहेको पनि उनको भनाइ छ ।

कुल २ सय ५० जनाको आवेदन आएपछि त्यसमध्ये १६ विधाका उत्कृष्टलाई छनौट गर्न वीरगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठको संयोजकत्वमा पाँच सदस्य समिति पनि बनाइएको संघका अध्यक्ष हरिप्रसाद गौतमले पत्रकार सम्मेलनमा बताए । संघको कार्यसमितिमा एक दुई जना महिला रहेर तीन चार महिनामा हुने बैठकमा उपस्थित भई महिलाको मात्र निर्णायक मत हुन नसक्ने निष्कर्ष सहित छुट्टै महिला समिति नै बनाए त्यसैको अगुवाईमा कार्यक्रम गर्न थालिएको पनि संघका अध्यक्ष गौतमको तर्क छ ।

‘महिलाहरुको यो समिति मिनी उद्योग बाणिज्य संघकै रुपमा अस्तित्वमा रहने छ’ । महिलाहरुलाई सशक्त नबनाई समान अधिकार र समान सहभागीताको कुरा खासै नहुने भएकोले गर्दा पनि महिलाहरुलाई दक्ष बनाउन र केही ओझेलमा रहेका दक्ष महिलाहरुलाई बाहिर ल्याउन पनि बारा, पर्साका व्यवसायी महिलाहरुलाई सम्मान गर्न लागिएको वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ ।

कार्य समितिमा शुन्य महिला सदस्य रहेको संघको आगामी शनिबार वीरगन्जमा हुने सम्मान तथा वृहत महिला सम्मेलनमा एमालेको सदस्य बन्न आतुर नेपालको पूर्व राष्ट्रपति विद्या भण्डारी अर्थात महिला नै कार्यक्रमको प्रमुख अतिथि हुने पनि कार्यक्रम संयोजक डा लक्ष्मी थापाले बताइन् ।

संघकै आडमा गर्न लागिएको कार्यक्रमले व्यवसायी महिलाहरुको भावनामा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको डा.थापाको भनाइ छ । महिला उद्यमशिल विकास समितिमा हुने २७ जना महिलाहरु भने सम्मानको लागि छनौटको दायरामा नपर्ने पनि उनको तर्क छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध