दाङको बेलझुण्डीका कोरोना संक्रमितमा लक्षण देखिएन

घोराही । दाङको बेलझुण्डिस्थित कोरोना बिषेश अस्पतालमा रहेका १३ जना संक्रमितमा कुनै लक्षण देखा नपरेको अस्पतालले जानकारी दिएकको छ ।

विश्व स्वास्थ्य संगठनको भनाई अनुसार संक्रमितमा उच्च ज्वरो, रुघाखोकी, स्वासप्रश्वासमा समस्या देखिनु पर्ने भएपनि कुनै समस्या नभएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

उनीहरुलाई अस्पतालको आइसोलसेन वार्डमा निगरानीमा राखिएको छ । स्वाब परीक्षण गर्दा कोरोना पोजिटेभि देखिएपनि लक्षण नदेखिएकाले कुनै उपचार सुरु नगरेको सदस्य सचिव डा. शर्माले बताए ।

चिकित्सकको निगरानीमा बसेका उनीहरुलाई ४/४ घन्टामा ज्वरो चेक गर्ने गरिएको छ । शुक्रबार राति १२ बजेसम्म दाङका २, बाँकेका ८ र कपिलबस्तुका ३ जना गरी १३ जना संक्रमितलाई अस्पतालमा भर्ना गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु