मुस्लिम समुदायद्वारा राजविराजमा सद्भाव र्‍याली

राजविराज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्म जयन्ति “मोहम्मद डे” शुक्रबार सद्भाव ¥यालीसहित हर्षोल्लासका साथ मनाइएको छ ।

राजविराज नगरपालिकाको विभिन्न वडाबाट आएका मुस्लिम समुदायका व्यक्तिहरु नुरीजामा मस्जिदमा भेला भई हिन्दु धर्मावलम्बीहरुको सहभागितामा सद्भाव ¥याली निकालेका छन् ।

मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्म जयन्ति मनाउन शुक्रबार सार्वजनिक बिदा दिएपछि ¥यालीमा उल्लेख्य सहभागिता र उत्साह दुबै देखिएको मुस्लिम समाजका महासचिव इरसाद अन्सारीले बताए । शान्ति र सद्भावका लागि यसरी सद्भाव ¥याली निकालिएको उनको भनाई छ ।

प्रहरीको कडा सुरक्षाबीच निकालिएको सद्भाव ¥यालीमा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परबिन, वडाअध्यक्ष दिनेश साह, अनिल दासका साथै ठूलो संख्यामा हिन्दु धर्मावलम्बी समेत सहभागि भए ।

राजविराजमा विभिन्न स्थानबाट आएका मुस्लिम समुदायका युवा, युवती, बृद्धबृद्धा तथा बालबालिकाहरुले शान्ति र सद्भावको पक्षमा नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए ।

इस्लामिक पात्रो हिजरी सम्वत्को रब्बि अब्बल महिनामा साउदी अरबको मक्कामा विबी अमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ति मनाउने गरिएको मुस्लिम समाजका उपाध्यक्ष फैयाज अन्सारीले बताए ।

यस अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने तथा उनका उपदेश र बानीको स्मरण गर्ने गरिएको मौलाना कैशर रजा बताउँछन् । पैगम्बर मोहम्मदले आफ्नो जिवनको सम्पूर्ण लक्ष्य समाज सुधार र ब्यवहारिक धर्मको प्रचार प्रसारमा केन्द्रित गर्नुका साथै समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र बिकृतीहरुको बिरुद्ध ठूलै संघर्ष गरेको मुस्लिम अगुवाहरुको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा