काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न भएको सेजनको २७ औं अधिवेशन तथा साधारणसभाबाट भट्टराई १ सय १० मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा अर्का प्रत्यासी उम्मेद्वार द्दोय विश्वास रेग्मीले ९२ मत र आशा थपलियाले ४१ मत ल्याएका थिए । उपाध्यक्षमा जीवन बस्नेत निर्बिरोध निर्वाचित भएका छन् ।
महासचिवमा कमलकुमार बस्नेत निवार्चित भएका छन् । बस्नेतले १ सय ३९ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रत्यासी उम्मेदवार अच्युत पुरीले १ सय४ मत ल्याएका थिए ।
सचिवमा पनि शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सेजनको कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएकी छिन् । लामिछानेले १ सय ३३ मत ल्याउदा उनका प्रत्यासी ममता थापाले १ सय ८ मत पाइन् ।
सो निर्वाचनबाट सेजनको सदस्यहरूमा अर्जुन तामाङ १ सय ४१ मत , कमल धिताल १ सय ८५ , भोजराज भण्डारी १ सय ४६ , राजु बास्कोटा १ सय ५९ मत र सिमा तामाङ १ सय ६२ मत ल्याएर निर्वाचित भएका छन् । अर्का एकजना सदस्य भरत रावल ५ जनामा पर्न सकेनन् ।
कुल २ सय ६६ जना मतदाता सदस्य रहेको सो निर्वाचनमा २ सय ४८ मत मात्र खसेको सेजन निर्वाचन समितिले जनाएको छ ।