लमजुङ । प्रदेश अस्पताल लमजुङका प्रमुख मे.सु. डा शिशिर देवकोटाले लमजुङका ३७ वर्षीय राजन नेपालीलाई अकाल मृत्यु हुनबाट बचाएका छन् । लमजुङको बेसीशहर नगरपालिका– १ को उदीपुर गाउँका राजन सामान्य किसान परिवारका व्यक्ति रहेछन् ।
पेटको आन्द्रा फुटेको कारण उपचार खर्चको अभावमा उनी कालको मुखमा पुगिसकेका थिए तर डा. शिशिरले उनलाई बचाएका छन् । त्यो पनि दुरविनको सहायताबाट गरिने दुर्लभ शिल्यक्रिया गरेर । यतिबेला राजनले पुनर्जीवन पाएर प्रदेश अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन् ।
राजन सामान्य लेख पढ कक्षा ८ मात्र पढेका व्यक्ति रहेछन् । आम्दानीको स्रोत पनि खासै रहेनछ, पैतृक सम्पत्तीमा पाएको खेतबारीको उत्पादनले उनका ५, १२ र १४ वर्षका तीन छोरी, श्रीमती र आफू पालिन पुग्दैन उनले भने । उनका अनुसार श्रीमान् श्रीमती दुवै पाएसम्म ज्याला मज्दुरीको काम गरेर जीवनलाई सहज बनाउने गरी आएका छौं उनले जानकारी दिए । तर उनी भन्दा उनकी श्रीमती महिन्द्रा मजाकोटी बढी हिम्मतिली रहिछन् । खर्चको अभावमा उपचार नै नगर्ने सोच बनाएका आफ्ना श्रीमान् राजनलाई उनले ‘जसरी पनि बचाउनु पर्छ भन्ने ठानेर उपचारका लागि दुई दिनपछि प्रदेश अस्पतालमा ल्याएकी थिएँ, मेरो हिम्मतले काम ग¥यो’ उनले आँखा भरी हर्षका आसु टल्पलाउँदै बताइन् ।
घटना भदौ १० गते मंगलबारको हो । तीजको दिनमा महिन्द्रा माइत गएकी रहिछन् । साँझ खानाखाने बेला हुन लाग्दा राजनको पेटमा झड्का दिएछ, त्यसपछि म त खङ्ग्याङखुङ्गुरुङ भए भात पनि खान सकिन, सुते । तर के को सुत्न सक्नु ? रातभर छटपाइ रहेँ राजन भन्छन् । भोलिपल्ट श्रीमती आइन् । श्रीमान्को अवस्था देख्दा रुनु न हाँस्नु भयो महिन्द्रा भन्छिन् । उनका अनुसार ‘अब म मर्छु, तिमीहरू दुःख पाउने भयौ,’ श्रीमान्ले भनेको सुन्दा, छाँगाबाट खसेजस्तै भए । उनले भनिन्, ‘त्यसपछि अलिअलि आफूसँग भएको र केही गाउँलेहरूसँग सापटी गरी श्रीमान्लाई ‘जसरी पनि बचाउछु’ भनेर ६० हजार रुपैयाँ लिएर अस्पताल आएकी हुँ, ऐले मेरो साथमा चार हजार जति बचेको होला ।’

‘अस्पतालमा आएर एक्सरे गरेर हेर्दा सुरुमा ‘सामान्य हो’ भनियो । तर त्यसको करिब एक घण्टा पछि भने आन्द्रा फुटेको छ अप्रेशन गर्नु पर्छ डा.ले भने, त्यो सुन्दा म त बेहोस् भएँछु’ राजनले सुनाए । एक बजे अप्रेशन कोठामा लगे । भोलिपल्ट विहान ८ बजेमात्र अप्रेशन कक्षबाट निकालिएको हो राजनकी श्रीमती महिन्द्राले भनिन् । उनका अनुसार होस् आउन पनि धेरै समय लाग्यो, अप्रेसनको करिब १२घण्टामा होस आएको होला उनले भनिन् । त्यसपछि आइसियु कक्षमा चार दिनसम्म राखियो । चार दिनसम्म उनी आइसियुमा बसेर शल्याक्रिया गर्ने डा. शिशिर देवकोटा टोलीको उच्च निगरानीमा रहेका थिए ।
आइसियु कक्षमा चार दिनको उपचार पछि साधारण बेडमा बसेर राखेको हो, साधारण बेडमा आएको पनि चारै दिनभयो अब डिस्चार्ज भएर घरमा जादा हुन्छ भन्ने डा.को सल्लाह अनुसार घरमा जान लागेको महिन्द्राले सुनाइन् । उनले भनिन्, ‘अबको सात दिनमा टाँका काट्न आउनु पर्छ र त्यसपछि १०÷१० दिनमा २ पटक फलोअपमा आउनु पर्छ भन्ने छ ।’ सोचेभन्दा धेरै कम खर्चमा उपचार सफल भएकोमा राजन दम्पती खुशी देखिन्थे । महिन्द्राले भनिन्, ‘अस्पतालबाट पनि केही पैसा छुट गरिदिनु भयो ।’
त्यो उपचार विधिका ’boutमा जानकारी लिन प्रदेश अस्पताल लमजुङका प्रमुख मेसु डा. शिशिर देवकोटासँग सम्पर्क गर्दा राजनको जटिल केश हो, एक त उहाँ दुई दिन पछि ढिला आउनु भएको थियो, तर पनि प्रयास ग¥यौं, राम्रो भयो उनले भने । उनका अनुसार यो विधिको उपचार गण्डकी प्रदेशमै पहिलो हो । उनले भने, ‘काठमाडौंमा पनि यस्तो सेवा कमै हुन्छ । हामीले बीर अस्पताल, टिचिङमा गर्दा पनि डेढ लाखदेखि दुई लाखसम्म खर्च लाग्छ, मसँग त टिचिङको अनुभव पनि छ डा. शिशिरले सुनाए । उनले भने, ‘निजी अस्पतालमा त त्यसको दोब्बर खर्च लाग्छ ।’ यो केशमा राजनको श्रीमतीले भनेजस्तो त्यति धेरै खर्च भएको छैन, उनीहरूले यहाँ कुर्न बसेको लगायतको कुरुवाको खाना, खाजाको खर्च रकम समेत जोडेका छन् । उपचार खर्च धेरै कम छ, उनको स्वास्थ्य वीमाले पनि काम ग¥यो डा. देवकोटाले उल्लेख गरे ।
‘राजनको उपचारमा ९० हजार रुपैयाँको बिल÷खर्च निस्किएकोमा अधिकांश उनको बीमाबाट कट््टा भएको छ । बिमा पनि त सरकारले नै बेहोर गर्ने रकम हो नि !’ डा. देवकोटाले उल्लेख गरे । उनका अनुसार त्यस बाहेक अस्पतालको सामाजिक सेवा इकाईको कोषबाट यस्ता गरिब परिवारका लागि १२ हजार रुपैयाँ बेहोर गरिएको राजनको परिवारको नगद रकम उपचारमा त यौटा औषधि पोखराबाट मगाउँदा करिब १८ हजार जति खर्च भएको छ, त्यो मात्र हो ।
विरामीलाई देखाउँदै उनीहरू निरास थिए, हाम्रो पनि पहिलो प्रयास हो, राम्रो हुन्छ भन्ने भए पनि आशंका त हुने भयो ? डा. देवकोटाले जानकारी दिए । उनका अनुसार ९ दिनको उपचार पछि उनी डिस्चार्ज भएका छन् । अब टाका काट्न र फलोअपमा २, ३ पटक आउनु पर्छ उनको घाउ खासै ठूलो छैन, डे«सिङ गर्दाको टेप टासेका कारण ठूलो जस्तो देखिएको मात्र हो । डा. देवकोटाले भने ‘अर्को यौटा पनि यस्तै केश छ, एकैचोटी दुईवटा आयो, त्यो पनि आजै डिस्चार्ज हुनेवाला छ ।’