तस्बिरमा हेर्नुस इटहरीको जेनजी आन्दोलन

इटहरी । जेनजी पुस्ताले कोशी प्रदेशका मुख्य सहरमा आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेका हुन् ।

सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको छ । पूर्वका इटहरीलगायतका सहरमा आन्दोलन नियन्त्रणभन्दा बाहिर छ । विभिन्न स्थानमा झडप भएको छ भने प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको कार्यालय तोडफोड गरेका छन् । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने विराटनगर महानगरपालिकामा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर महानगर परिसर प्रवेश गरेका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विराटनगरका नगरप्रमुख नागेश कोइरालाविरुद्ध चर्का नारा लगाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह