इटहरीमा ५ हजार केजी गाँजा बरामद

इटहरी । तरकारी लोड गरिएकोजस्तो देखिने दुई ट्रकमा लुकाएर लैजाने क्रममा सशस्त्र प्रहरीले इटहरीबाट करिब पाँच हजार किलो गाँजा बरामद गरेको छ । इटहरी उपमहानगरपालिका–५ स्थित स्यार्सेकाली पेट्रोल पम्पबाट आइतबार बिहानको राति करिब १ः३० बजेतिर शंकास्पद अवस्थामा रोकिएका दुई ट्रकबाट करिब पाँच हजार किलो गाँजा बरामद गरिएको हो ।

बरामद भएको गाँजा ना ४ ख २९०१ नम्बरको ट्रक र बा ५ ख ११६९ नम्बरको मिनी ट्रकमा लोड गरिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । खानतलासी गर्दा ट्रकमा तरकारी राखिएको भए पनि त्यसैभित्र लुकाइराखिएको एक सय ५८ बोरा गाँजा फेला परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमान्डमा २१ जना टोली परिचालित थियो ।

सो क्रममा बरामद गाँजा, ट्रक तथा मिनी ट्रक नियन्त्रणमा लिइएको छ भने चालक तथा सहचालक फरार भएका छन् । उनीहरूको खोजी गरी थप अनुसन्धान भइरहेको जनाइएको छ । । बरामद गाँजा र मालवाहक ट्रक धनकुटाबाट तस्करी हुँदै इटहरीसम्म आइपुगेको हो । बरामद गाँजा ७ करोड रुपैयाँ मूल्य बराबरको भएको प्रारम्भिक अनुमान गरिएको छ । खासगरी धनकुटामा ल्याइएका गाँजा तस्करहरूले भारतमा पुराएर प्रतिकेजी १५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।

जेनजी आन्दोलनको समयमा व्यापक गाँजा तस्करी भइरहेको प्रहरी तथा सशस्त्र प्रहरीलाई सूचना आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी