‘कालापानी–लिपुलेक हाम्रो हो भन्ने अडानकै कारण सरकार ढालियो’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन् । उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।

शनिबार राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुद्धारा सुर्खेतमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दाबी गर्दा जेनजीको नाम प्रयोग गरी बितण्डा मच्चाइएको बताए । ‘राष्ट्रहितको पक्षमा उभिनु अपराध नभई गौरवको विषय हो, उनले भने, देशको माटो बचाउन उठेका कदमलाई कमजोरीका रूपमा चित्रण गरेर सत्ता ढालिएको हो, तर इतिहासले यस्ता राष्ट्रवादी अडानलाई कहिल्यै नकार्दैन ।’

मुख्यमन्त्री कँडेलले वर्तमान अवस्थामा जेन्जी पुस्तालाई प्रगतिशील रूपमा संगठित गर्नुपर्ने आवश्यकता औंल्याए । युवा संगठन र विद्यार्थी संगठनलाई मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गर्दै उनले भने, ‘हामी निर्माण गर्ने पुस्ता हौं, दर्शक बन्ने होइनौं, भ्रष्टाचारको विरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ ।’ उनले गुटबन्दी, विभाजन र स्वार्थी राजनीति गर्दा पार्टी मात्र कमजोर नभई राष्ट्रसमेत कमजोर हुने चेतावनी दिए ।

एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले जेनजी आन्दोलनले केपी ओली सरकार विस्थापन गर्ने बाहेक अरु कुनै काम गर्न नसक्ने दाबी गरे । ‘अहिलेसम्म सरकारलाई पूर्णता दिने काम भएको छैन्, चुनाव गराउने भनिएपनि विश्वसनीय वातावरण छैन्, खाली आन्दोलनका नाउमा मुलुकलाई दशकौं वर्ष पछाडि धकेल्ने काम भयो,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार