एम्बुलेन्स नहुँदा बिरामी अझै स्टेचरमा

एक्कासी बेहोस भएकी २४ वर्षिय निर्मला न्यौपानेलाई गाउँलेले स्टेचरमा बोकेर अस्पताल लैजादै । फोटोः बिश्वनाथ सिम्खाडा ।

कालिकोट । रास्कोट नगरपालिका १ निवासी निर्मला न्यौपाने एक्कासी बेहोस भइन । मंगलवार बिहान आफै घरमा बेहोस भएकी २४ वर्षिय न्यौपानेलाई केही समय स्थानियले उपचार र झारफुक गरे तर, सन्चो भएन । सन्चो नभएपछी लगतै अस्पताल लैजाने तयारी थालियो ।

नगरपालिकाको गौँतु अस्पतालमा लैजानको लागी एम्बुलेन्स वा गाडी खोज्दा गाडी भेटिएन । नगरपालिकामा एम्बुलेन्स माग्दा नगरले एम्बुलेन्स छैन भन्यो । नगरपालिकाको आफ्नै एम्बुलेन्स हुदा पनी रैनछ । त्यसपछी हतार हतारमा स्टेचर खोजियो स्टेचरपनी प्रहरी चौकिमा भेटियो । आफन्त र गाउँलेले स्टेचरमा राखेर एक घण्टाको पैदोलयात्र गर्दै गौँतु अस्पताल लगे ।

उनको अहिले उपचार भइरहेको स्थानिय लोकराज न्यौपानेले बताए । सडक सुचारु भएपनी सार्वजनिक गाडी रिर्जव गरेर लग्न सकिन्थ्यो तर, खनिएका सडकहरु सुचार नहुदा बिरामी लाई समयमै अस्पताल लैजान अझै स्टेचरमा बोकेर लैजान बाध्य छन यहाँका नागरिकहरु ।

नगरपालिकाले आफ्नो एक बिरामी बोक्ने एम्बुलेन्स नहुदा समयमै अस्पताल नपुगी ज्यान जाने गरेको छ । पहिला त जनताको पहिलो आवश्यकता स्वास्थ्य शिक्षा र पुर्वाधारमा ध्यान दिनु पर्ने न्यौपानेले सुझाव दिए ।

एकजना निर्मला मात्र होइनन् यहाँका नागरिकहरु बिरामी पर्दा अझैपनी स्टेचरमै बोकेर अस्पताल र्लैजानु पर्ने बाध्यता रहेको स्थानिय बताउछन ।

भौगोलिक विकटताका कारण भएका एम्बुलेन्स समयमा पुग्न नसक्ने हुँदा एम्बुलेन्सको काम स्ट्रेचर र ट्याक्टरबाट ले गर्नु परेको रास्कोट नगरपालिका २ निवासी अगुवा कृर्षक कविराज न्यौपानेले बताए । उनले भने, यदी सरकार छ भने पहिलाका नागरिकका आवश्यक समस्याको सावधान तर्फ लाग्नु पर्छ । अहिले जनताले चाहेको आधारभुत शिक्षा, स्वाश्स्थ्य र सडक चाहिएको हो । सडक सुचारु भए सहज यात्रा र कृर्षकले उत्पादन गरेका वस्तुहरु सहजै गाडीमा बजारमा लैजान सकिने र बिरामी पर्दा समयमै उपचार पाउन यो जनताको पहिलो आवश्यकता हो ।

यो संगसंगै भष्टचार मुक्त, सुशासन र पार्दशिकता चाएको हो । अहिलेको सरकारमा त्यो देखिदैन केवल नातागोतालाई रोजगारी, ठेक्कापटामा,कमिशन र फेसवुकमा बिकास भयो भनेर प्रचारप्रसार गर्न तर्फ मात्र लाग्यो । नागरिकलाई अव विकास चाएिको छ न्यौपानेको भनाई थियो ।

उनले थपे म कृयिर्ष पेषामा लागेको २५ वर्ष पुग्यो । मैले सरकारले दिने अनुदान कहिलै पाएन । कृर्षकको नाममा गैर किसानलाई पहुँचको भरमा अनुसार पाएका छन । वास्तविक किसानले अनुदान का कुरा परै छन पोत्सान समेत पाएकमा छैनन् । जनताको सरकार जहिले आउछ उहीले जनताले सरकारको महसुश गर्न पाउने छन ।

अहिले नगरसरकारले अरु काम पर राखेर आवश्यक कामलाई अगाडी सार्नु प्रथ्यो स्थानिय हरीप्रसाद उपाध्यायले बताए । धेरैजसो विकट भेगका बिरामीलाई स्टे«चर र ट्याक्टरको भर पर्नु परेको छ। नगरपालिकामा बिरामीको उपचार गर्न अस्पताल लैजानका लागी एम्बसुलेन्स नहुँदा कष्टकर यात्रा गर्न बाध्य छन् ।

एम्बुलेन्स नहुँदा बिरामीको बाटैमा मृत्यु हुने गरेको छ । ग्रामिण गाउँभित्र‘सडक पुगे पनि ट्याक्टर मात्रै कुद्छन्, बाटोको स्तोरनाती छैन । गाउँमा कोही बिरामी प¥यो भने मान्छे भेला पारेर स्ट्रेचरबाट लैजानुपर्छ’ उपाध्यायले बताए ।, ‘न एम्बुलेन्स छ न त अस्पताल नै, यसरी बिरामी लैजाँदा बाटैमा ज्यानसमेत जाने गरेको छ।’ नगरपालिका र स्वास्थ्य चौकीको आफ्नै एम्बुलेन्स नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

अघिल्लो सरकारको पालामा खरिद गरिएको एम्बुलेन्स खराव हुदा मर्मत कार्यमा खरिद रकम भन्दा बढि पैसा खर्च हुने भएकाले मर्मत नगरेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बमले बताए । नगरपालिकाले अहिले एम्बुलेन्स खरिद गरेको छैन । मर्मत गरेको चलाउने भनेको थियो । एम्बुलेन्स मर्मतमै बढि रकम खर्च हुने भएकाले मर्मत गरिएन बमले बताए । नगरपानलिकामा एउटा एम्बुलेन्स रेडि अवस्थामा राखिराख्नु पर्दो रहेछ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी