निर्माण हुँदै चलचित्र ‘हिमालयन गोल्ड’

काठमाडौं । नयाँ चलचित्र ‘हिमालयन गोल्ड’को निर्माणको घोषणा गरिएको छ । मंगलबार बिहान काठमाडौँस्थित कमलादी गणेस्थानमा शुभमुहूर्त सहित यो चलचित्रको निर्माण घोषणा गरिएको हो ।

यस चलचित्रमा परिक्षा लिम्बु, कार्म शाक्य, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अंकित खड्का, सुनील तामाङ, तेन्जिङ ठकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल, राहुल मुखियालगायत कलाकारको अभिनय रहने छ । चलचित्रमा लेखन र निर्देशन धिराज राजवंशीको रहने छ । राजवंशी चलचित्र निर्देशनमा अमेरिकाको लस एन्जलस फिल्म स्कूलका स्नातक हुन् ।

ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा छायाँलय फिल्म्सले यो चलचित्र निर्माण गर्दैछ । चलचित्रको छायांकन मंसिरको पहिलो साताबाट सुरु गरिने मुहूर्त समारोहमा जानकारी गराईयो । चलचित्र हिमाली क्षेत्रको कठोर जनजीवनमा आधारित रहने छ । चलचित्रले जीवन संघर्ष, साहस र आशाको कथा प्रस्तुत गर्ने पनि निर्माण पक्षले जनाएको छ ।

सन् १९९२ को पृष्ठभूमि तथा परिवेशमा तयार गरिएको एक गाउँकी युवतीले यार्सागुम्बा संकलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नुपरेपछि सुरु हुने संघर्षलाई कथामा प्रस्तुत गरिने पनि निर्माण पक्षको भनाई छ । यार्सागुम्बालाई औषधीय मूल्यका कारण ‘हिमालयन गोल्ड’का रूपमा चिनिने गरिएकाले पनि चलचित्रको नाम यही राखिएको पनि निर्माण पक्षले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी