युट्युब च्यानलका क्यामेराबाट त्रसित कलाकार

काठमाडौं । अभिनेत्री वर्षा राउत तीन दिन अघि नेपाली चलचित्र ‘हर्ष’ को ट्रेलर रिलिज कार्यक्रममा सहभागी थिइन् । कार्यक्रम स्थलमा उनलाई युट्युब च्यानलका करिब चार दर्जन क्यामेराले घेरेको थियो । कार्यक्रममा उनले केही व्यक्तिगत प्रश्नहरूको उत्तर नदिने निर्णय गर्दै भनिन्, ‘मलाई कहिलेकाहीँ मिडियामा बोल्न डर लाग्छ ।’

तर सोही साँझ घर पुग्दा उनी भाइरल भएकी थिइन् । युट्युब च्यानलहरूमा उनको चलचित्र ‘हर्ष’को समाचार थिएन । अभिनेत्री वर्षाको हात र पाखुरामा लागेको १०–१५ वर्ष पुरानो दागलाई घरेलु हिंसाका कारण नयाँ दाग भनेर विभिन्न युट्युब च्यानलमा साँझ समाचार आएको थियो ।

सो बिषयमा उनका पति एवम् अभिनेता संजोग कोइरालाले तत्कालै खन्डन गर्दै सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिए । यता त्यो देखेपछि अभिनेत्री वर्षाले सामाजिक सञ्जालमा यस्तो लेखिन्,‘आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई उठाएर पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेका छन् । मेरा १०–१५ वर्षअघिका तस्बिरहरू अझै पनि मेरो प्रोफाइलमै छन्, त्यहाँ त्यही बेलाका दागहरू स्पष्ट देख्न सकिन्छ ।’

अभिनेत्री वर्षाले सोही स्ट्याटसमा लेखेकी छिन्,‘कार्यक्रम त चलचित्र हर्षको थियो, तर न चलचित्रले हेडलाइन पायो, न कतै त्यसको उल्लेख भयो । व्यक्तिगत र भ्रामक हेडलाइनहरू मात्र बन्न पुगे ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले शुक्रवार बोर्डमा सम्पन्न चलचित्र पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय नेपाली चलचित्र उद्योगका समस्या भन्दा पनि कलाकारका निजी जीवनमा युट्युब च्यानलका पत्रकार केन्द्रित भएको आरोप लगाए । आफूले आयोजना गर्दै आएको सिने सर्कल अवार्डको ’boutमा उनले भने,‘अवार्डको भव्यता र अवार्ड विजेताको ’boutमा समाचार आउँछ भनेर युट्युब च्यानलका भाइ बहिनीहरूलाई बोलाउने गरेको थिएँ । तर च्यानलमा अवार्डको अ पनि नलेखी अवार्ड जित्ने कलाकारहरूको निजी जीवनसँग जोडिएका कुरा मात्र आउँदा साह्रै दुख लाग्यो ।’

न्यु मिडियाको रूपमा युट्युब च्यानल सञ्चालक पत्रकारहरूले च्यानलको भ्युज बढाउने नाममा कलाकारहरूको निजी जीवनको ’boutमा मर्यादा नाघेरै आफ्नो च्यानलमा राख्ने होडबाजी मौलाएको पनि अध्यक्ष डिसीले बताए । उनले अभिनेत्री वर्षा राउतको अघिल्लो दिन चलचित्र ‘हर्ष’को ट्रेलर रिलिज कार्यक्रममा निजी जीवन’bout भ्रामक समाचार बनाएर भ्युज बटुल्ने नाममा उनको परिवारलाई समेत असर पर्ने काम युट्युब च्यानल सञ्चालकहरूले गरेको दाबी गरे । अनलाइन र प्रिन्ट मिडियाहरू अझै गम्भीर भए पनि युट्युब च्यानल सञ्चालकले पत्रकारिताका मर्यादा र आचारसंहितालाई पूर्ण उलंघन गर्न थालेको भन्दै अध्यक्ष डिसीले त्यसको निन्दा गरे ।

सोही अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा हास्य अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले युट्युब च्यानलका पत्रकारदेखि आफू धेरै नै सचेत रहने गरेको छु भने । यस’bout उनले भने,‘कहिले काहीँ एक दुई प्याक रक्सी र खैनी खाने मेरो बानी थियो र यसलाई लुकाएर गोप्य रूपमा खाने गरेको थिएँ । तर जति बेला पनि कार्यक्रम तथा पार्टीमा क्यामेराहरू अघिपछि हुन थालेपछि अब बदनाम होइन्छ र लुकाउन सकिन्न भनेर मैले रक्सी र खैनी दुवै खान छाडेँ,’ यसरी मिडियाकै डरले गर्दा आफूले रक्सी, खैनी जस्ता कुलतसँगै माछा मासु समेत खान छाडेर शाकाहारीमा परिणत भएको केदारले बताए । युट्युब मिडियाको डर कलाकारहरूलाई निजी जिवनमा धेरै नै हुने गरेको पनि उनले स्पष्ट पारे ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको पनि उस्तै गुनासो छ । चलचित्र पत्रकारिता सम्बन्धी सोही अन्तरक्रिया कार्यक्रममा उनले युट्युब च्यानल सञ्चालकप्रति आक्रोश पोख्दै भने,‘ युट्युबका क्यामेरा म्यानहरू चलचित्रको छायांकनदेखि प्रिमियरसम्म पनि चलेका कलाकारको पछि लागेर उनीहरूका अनावश्यक कुराहरू खिचेर भाइरल बनाउने काम मात्र गर्छन् । चलचित्रको क्यामेरा पछाडि काम गर्ने प्राविधिकहरूले पारिश्रमिक नपाएर तथा कती धेरै समस्या भोग्दा पनि प्राविधिकको पक्षमा युट्युब च्यानलहरूले पटक्कै रिपोर्ट बनाउँदैनन् ।’

नेपाली चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानको पनि उस्तै गुनासो थियो । चलचित्र छायांकनमा पुगेका युट्युबका पत्रकारहरूले फाइटको क्रममा नायक नायिकाको नङ दुख्दा पनि समाचार बनाउने तर द्वन्द्व कलाकारलाई ठुला चोट लाग्दा पनि त्यसलाई आफ्नो मिडियामा स्थान नदिएको घटना सुनाए । कलाकारका निजी कुरालाई जोडेर कसरी हुन्छ भाइरल बनाउने काममा मात्र युट्युब पत्रकारहरू लाग्ने गरेको आरोप पनि प्रधानले लगाए ।

यसरी नेपाली चलचित्रका औपचारिक कार्यक्रमदेखि अनौपचारिक भेटघाटमा समेत सम्बन्धित कार्यक्रमलाई नै छायामा परेर कलाकारहरूको निजी जीवनलाई युट्युब च्यानल सञ्चालकहरूले खोतल्ने क्रम बढेपछि चलचित्र क्षेत्रका कलाकारदेखि प्राविधिकसम्म अहिले त्रसित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ