कैलालीका ठूला विकास आयोजनाहरूको न्यून बजेट खर्च

धनगढी । रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको २ अर्ब २७ करोड ३४ लाख पुँजीगत बजेट चालू आर्थिक वर्षमा विनियोजन भएको थियो । आयोजनाले चालू आर्थिक वर्षका ३ महिनामा २ करोड ७३ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ खर्च गरेको छ । रानी–जमरा कुलरिया सिँचाइ आयोजनाका कर्मचारीको तलब–भत्ताका लागि चालूतर्फ ७२ लाख ८७ हजार ७ सय २६ रुपैयाँ विनियोजन गरिएको थियो । आयोजना कार्यालयका कर्मचारीहरूले तलब–भत्तामा ९८ लाख ४१ हजार खर्च गरेका छन् । चालू आवमा आयोजना कार्यालयका लागि विनियोजन गरिएको चालू बजेटभन्दा बढी रकम खर्च भएको हो ।

रानी जमरा सिँचाइ आयोजना, कृषि कार्यक्रमका लागि चालू आवमा ३३ लाख पुँजीगत बजेट विनियोजन गरिएको थियो । आयोजना कार्यालयले ३ महिनाको अवधिमा १७ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ । कृषितर्फको पुँजीगत बजेटमा आधाभन्दा बढी खर्च भएको हो । कृषितर्फका कर्मचारीको तलब–भत्तामा १८ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आयोजना कार्यालयले चालूतर्फको बजेटमा ४० लाख ७ हजार रुपैयाँ खर्च गरेको छ ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाइ लम्कीले चालू आवमा ३६ करोड ८९ लाख ५० हजार रुपैयाँ विकास बजेट पाएको छ । इकाइको विकास बजेटमा हालसम्म एक रुपैयाँ पनि खर्च भएको छैन । तर, कर्मचारीको तलब भत्तामा १ करोड १८ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएकामा १८ लाख ३९ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै, हुलाकी सडक योजना कार्यालय धनगढीले ३९ करोड ६० लाख पुँजीगत बजेट पाएको छ । पुँजीगत बजेटमा हुलाकी सडकले ७ करोड ८० लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ । हुलाकी सडक योजना कार्यालयमा चालूतर्फ १ करोड १ करोड ३५ लाख ४६ हजारमा ३८ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रणको कार्यालय कैलालीको तथ्यांकअनुसार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको चालू खर्च १ करोड ७० लाखमा १९ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ । फाप्लाको पुँजीगत बजेट भने विनियोजन गरिएको छैन । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीको २ अर्ब ७० करोड ८५ लाख ५४ हजार रुपैयाँ विकास बजेटमा ५ करोड ३५ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । कार्यालयको चालूतर्फको १ करोड ८४ लाख ५७ हजारमा ४२ लाख २३ हजार रुपैयाँ खर्च भएको छ ।

क्षेत्रीय आयोजना कार्यान्वयन इकाइको चालू आवको विकास बजेट १ अर्ब ४८ करोड ८४ लाख २० हजार रुपैयाँ छ । चालू आवका ३ महिनामा क्षेत्रीय सहरी विकासको ३ करोड २९ लाख ९० हजार रुपैयाँ विकास बजेट खर्च भएको छ । स्थानीय पूर्वाधार आयोजना धनगढीको चालू आवमा २ अर्ब २८ करोड ३८ लाख ३१ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकामा ३ करोड २९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । आयोजना कार्यालयको चालूतर्फको बजेट २ करोड ९७ लाख ७७ हजार रुपैयाँ रहेकामा ४९ लाख रुपैयाँ खर्च भएको छ । कैलालीका ठूला विकास आयोजनाहरूको खर्च न्यून रहेको छ ।

जिल्लाका विभिन्न विकास आयोजनाले पहिलो ३ महिनाको अवधिमा विकास बजेट न्यून मात्र खर्च गरेको छ । विकासे अड्डाका कर्मचारीको तलब–भत्तामा ठूलो रकम खर्च भएको छ भने विकास बजेट न्यून मात्र खर्च भएको हो । जिल्लामा जेनजीको आन्दोलनलगायतका कारणले विकास बजेट खर्च हुन नसकेको तर्क गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मताधिकार सुनिश्चित माग