आन्दोलन चर्काउने चेतावनीसहित प्रधानमन्त्रीलाई ज्ञापन

राजविराज । सप्तरी सदरमुकाम राजविराज स्थित करदाता सेवा केन्द्र यहाँबाट हटाउने निर्णय विरुद्ध गठित संर्वदलिय सर्वपक्षिय संर्घष समिती सप्तरीले निर्णय सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन ।

आइतवार संघर्ष समितीका संयोजक सुरेन्द्र यादव “विमल” तथा उधोग बाणिज्य संघ सप्तरी,राजनितिक दल र विभिन्न पालिकाका प्रतिनिधी सहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

टोलीमा सहभागी विभिन्न पालिकाका प्रमुख,राजनितिक दल तथा उधोग बाणिज्य संघका प्रतिनीधीले करदाता सेवा केन्द्र जिल्लाबाट सार्ने निर्णय ७२ घण्टा भित्र नसच्याइए आंंदोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी समेत दिएका छन ।

ज्ञापन पत्र बुभ्mदंै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले तत्कालै सम्बन्धित ठाउँमा पठाई आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनले विभिन्न आन्दोलनबाट देशले धेरै क्षति व्योहोरी सकेको भन्दै वार्ता र सम्वादबाटै समाधान खोज्नु उपयुक्त हुने धारणा राखेका थिए ।

लामो समयको प्रयास पश्चात २०७५ सालमा राजविराजमा करदाता सेवा केन्द्र स्थापना गरिएको थियो । नेपाल सरकारले तोकेकोे लक्ष्य भन्दा बढी राजश्व संकलन गरिरहेको उक्त केन्द्रलाई पछिल्लो पटक २०८२ साल कार्तिक १७ गतेको मन्त्री परिषदको बैठकले सिरहाको लहान स्थित आन्तरिक राजश्व कार्यालयमा गाभ्ने निर्णय गरेको थियो ।

नाफामा रहेको तथा तोकेको भन्दा बढी राजश्व संकलन गरिरहेको कार्यालय यसरी हटाउँदा उक्त कार्यालयबाट सेवा सुविधा पाईरहेका सप्तरीका ७२ हजार भन्दा बढी करदाता सेवाग्राही समस्यामा परेको भन्दै विगत ४ दिन देखि सप्तरी उधोग बाणिज्य संघको अगुवाईमा यहाँ आन्दोलन गरिदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मताधिकार सुनिश्चित माग