काठमाडौं । आगामी पुसमा संयुक्त राज्य अमेरिकामा आयोजना हुने ‘मिसेस् वल्र्ड २०२५’को लागि नेपालबाट विगत झैँ यस वर्ष पनि ‘मिसेस् नेपाल वल्र्ड’को विजेताले प्रतिनिधित्व गर्ने छिन् । ‘मिसेस् वल्र्ड संसार भरका विवाहित महिलाहरुको लागि निकै महत्वको प्रतियोगिता हो । जस अन्तर्गत ‘मिसेस् नेपाल वल्र्ड –२०२५’को लागि अहिले २५ जना विवाहित महिलाहरू प्रतिस्पर्धामा छन् ।

यसै क्रममा यो प्रतियोगिताको २५ जना फाइनल प्रतियोगीहरूले ‘ट्यालेन्ट राउन्ड’ अन्तर्गत आफ्नो फरक फरक कला प्रस्तुत गरेका छन् । शनिवार बेलुका काठमाडौँका जमल स्थित राष्ट्रिय नाचघरको मिनी हलमा उनीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।
जसमा सञ्जु भट्ट, एलिना केसी, निर्मला सुनुवार र विष्णु तिमिल्सिनाले गायन प्रस्तुत गरे । प्रतियोगी इमायुङ राईले महिलाहरूको लागि विशेष लक्षित गरेर विभिन्न योग आसन प्रस्तुत गरिन् ।
धेरै जसो प्रतियोगीहरूले ‘ट्यालेन्ट राउन्ड’ अन्तर्गत नृत्यकला प्रस्तुत गरेका थिए । प्रतियोगीहरू कञ्चन झा, तारा खनाल, दीपिका तामाङ, कुसुम खड्का, सुम्निमा खापुङ, रक्षा पन्त, चन्द्रकला राई र सुमिना महर्जनले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । सबैजसो प्रतियोगीहरूको नृत्य आकर्षक थियो ।
प्रतियोगितामा चार जना प्रतियोगीले महिला सशक्तीकरण र अन्य शीर्षकमा कविता वाचन गरे । श्रेनी धाख्वा, सुभाना रोक्का कविता बाचन गरे । सुभानाको कविता नारी शोषणमा र करुणा श्रेष्ठको कविता छोरी प्रति आमाको मायामा केन्द्रित थियो । करुणाले कराँते र तेक्वान्डोको काता पनि प्रस्तुत गरिन् ।
यस्तै गंगा लामिछानेले नारीको व्यथामा केन्द्रित गजल प्रस्तुत गरेकी थिइन् भने अर्की प्रतियोगी विष्णु भण्डारीले आधा दर्जन मुक्तक सुनाइन् । श्रीमानको देहान्तपछि एकल महिला हुँदाको पीडा र संघर्षमाथि उनको मुक्तक थियो ।

प्रतियोगी विनीता अधिकारी र कल्पना विष्टले ‘स्ट्यान्ड अप कमेडी’ प्रस्तुत गरे । कल्पनाले मिसेस् नेपाल वल्र्डका प्रतियोगी साथीहरूलाई कमेडीमा रोस्ट गर्दै सबैलाई हँसाइन् भने बिनिताले समसामयिक विषयमा व्यँग्य गरिन् ।
विद्या चौहान र रञ्जना बुढाथोकीले नारी सशक्तीकरणमा केन्द्रित रहेर मन्तव्य राखेको ‘ट्यालेन्ट राउन्ड’मा प्रतियोगी अरुणा लामाले फेसनको परिवर्तित सन्दर्भमा प्रकाश पारिन् ।
आफू कसरी श्रीमानसँग दाम्पत्य सम्बन्ध विच्छेद गर्न बाध्य भएँ भनेर रोजी थापाले अभिनय मार्फत आफ्नो व्यापार प्रस्तुत गरिन भने प्रतियोगी सजनी जोशीले आफू अधिवक्ता भएका कारण बेचबिखनमा परेकी नारीमाथिको बहस पैरवी प्रस्तुत गरिन् ।

यो ‘ट्यालेन्ट राउन्ड’मा उत्कृष्ट हुनेले ग्रान्ड फिनाले समारोहमा मिस नेपाल ट्यालेन्टको अवार्ड पाउने आयोजक रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए । महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर आयोजना गरिँदै आएको पनि झाले कार्यक्रममा प्रकाश पारे ।

‘ट्यालेन्ट राउन्ड’को निर्णायकमा हास्य अभिनेत्री पल्पसा डंगोल (चम्सुरी), अभिनेत्री एवम् नाट्यकर्मी सरिता गिरी, राजधानी दैनिकका बजार प्रमुख बिनोद शर्मा, अधिवक्ता रवीन्द्र तामाङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मनीराज लामिछाने, गीतकार तथा सञ्चारकर्मी दयाराम पाण्डे र नृत्य निर्देशक रामचन्द्र (आरसी) कोइराला थिए ।
करिब दुई महिनाको प्रशिक्षणपछि यही २९ कात्तिकमा आयोजना हुने ‘मिसेस् नेपाल वल्र्ड –२०२५’को ग्रान्ड फिनालेको तयारीमा अहिले प्रतिस्पर्धीहरू छन् । नेपाल पुलिस क्लब भृकुटी मण्डपमा यसको ग्रान्ड फिनाले हुने ‘मिसेस् नेपाल वल्र्ड –२०२५’का अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी गराए ।
सम्बन्धित समाचार
‘जेरी अन टप’ले बनायो नवौँ दिनमा नयाँ रेकर्ड
हलिउड अभिनेत्री जुन लकहार्टको १०० वर्ष उमेरमा निधन
‘जारी २’ को ट्रेलरमा च्याब्रुङ प्रतिको दयाहाङको समर्पण
बहिष्कारबीच पनि कन्सर्टमा उत्रिए सोनु निगम
निर्माण हुँदै चलचित्र ‘हिमालयन गोल्ड’
यस्तो थियो अभिनेत्री सुष्मिता सेनको प्रेम वियोग
दुई दशकपछि अभिनेत्री पूजा चन्द नेपालमा
‘बाहुबलीः द एपिक’को लम्बाई ३ घण्टा ४५ मिनेट






