बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा प्रशासनले आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
एमाले नेता महेश बस्नेत सिमरा आउने सूचना सार्वजनिक भएपछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै तनावपूर्ण स्थिति सिर्जना भएकाले जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो।
प्रशासनका अनुसार भीड बढ्दै गएपछि सुरक्षा चुनौती पैदा भएको र सम्भावित अवाञ्छित घटना रोक्न कर्फ्यू जारी गरिएको बताइएको छ। कर्फ्यू अवधिभर सार्वजनिक आवागमन, भीडभाड तथा कुनै पनि प्रकारका विरोध प्रदर्शनमा प्रतिबन्ध रहने जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ।
घटनास्थल आसपासमा अहिले सुरक्षा बलको व्यापक उपस्थितिसहित निगरानी कडा बनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)
सम्बन्धित समाचार
सार्वजनिक कार्यक्रम मन्दिर उद्घाटनमा देखिए बालेन
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा
मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुर तनावग्रस्त
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन
मिथ्या सूचनामा निगरानी, हरित निर्वाचनमा जोड
उपचारबाट फर्केलगत्तै कांग्रेस सभापति देउवा भेटघाटमा सक्रिय
मधेश भवन अगाडि आज सातौं दिन पनि सांसदहरु धर्नामा






