देशले छिट्टै निकास नपाए सार्वभौमसत्तामाथि खतरा: राप्रपा अध्यक्ष लिङ्गदेन

सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देश अहिले असामान्य अवस्थामा पुगेको भन्दै देश जोगाउन सबै शक्ति मिलेर अघि बढनुपर्नेमा जोड दिएका छन । बिहीवार सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै यस्तो आवश्यकता औल्याएका हुन् ।

देश अहिले सामान्य अवस्थामा नरहेकोले सबै शक्ति राजनैतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर निकास दिनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले देशले निकास पाउन नसके सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने उल्लेख गरे ।

“देश सामान्य अवस्थामा छैन, देशले सही निकास प्राप्त गर्न सकेन भने सार्वभोम सत्ता माथि खतरा छ” लिङ्गदेनले भने । देश संकटपुर्ण अवस्थामा रहेकोले सबै राजनीतिक शक्ति सहकार्य गरेर मात्र अहिले अवस्थाबाट पार लाग्ने दावी गर्दै उनले सरकारले सर्वपक्षीय सम्मेलन बोलाएर सबैको सहमतिमा मौलिक व्यवस्थामा जानुपर्ने धारणा राखे ।

देश संकटमा परेको बेला मधेश प्रदेशमा देखिएको छिनाझप्टीले प्रदेशको औचित्य समाप्त भईसकेको भन्दै उनले प्रदेश खारेज गरेर नयाँ व्यवस्था सहित अगाडी बढ्नुपर्नेमा जोड दिए । “यो व्यवस्थाले पार लाग्दैन, अव प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावको रुपमा राजा र राजा सहितको हिन्दू राष्ट्र कायम गर्नुपर्ने उनको भनाई थियो ।

भदौ २३ र २४ गतेको आन्दोलनमा संसद भवन, सिंहदरवार, सर्वोच्च अदालतदेखि प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसम्म जल्नुको कारण पछाडि विदेशीको पनि हात रहेको दावीका साथ उनले यसतर्फ पनि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । “यो संरचना हाम्रा लागि विनाशकारी रहेकोले अव देशको संरचना फेनुपर्छ” लिङ्गदेनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा महामन्त्री, प्रहलाद प्रसाद साह, मधेश प्रदेश अध्यक्ष भरत गिरी र प्रदेश समिति सदस्य विनोद पाण्डे, क्षेत्रीय अध्यक्ष नारायण मिश्रा लगायतले पनि बोल्दै राजा सहित हिन्दू राष्ट्र स्थापनाका लागि अगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अत्याधिक मतले विजय बनाउनु अपिल गरेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई प्रमुख अतिथि लिङ्गदेनले फूल माला र अबिर लगाई स्वागत गरेका थिए ।

क्षेत्रीय अधिवेशनले रामकुमार यादवको नेतृत्वमा क्षेत्र नं. ३ को नयाँ कार्यसमिति सर्वसम्मितले चयन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार