दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

काठमाडौं । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न भएको छ । बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक ओमप्रकाश राईको सभा अध्यक्षतामा नेपाल चलचित्र विकास वोर्डको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा वरिष्ठ संचारकर्मी शिरोमणी दवाडीलाई ३० वर्ष संचार क्षेत्रमा योगदान पुर्याए बापत राष्ट्रिय सिर्जनशील सञ्चारकर्मी सम्मान प्रदान गरियो । युवा साहित्यकार भिष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान प्रदान गरियो ।गायक शीव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानले सम्मानित गरिएको थियो ।

डा. सूर्यबहादुर मगर, राष्ट्रिय संगीत व्यवसायी सम्मान,राजेन्द्र बजगाई, राष्ट्रिय संगीत एवम् कला रत्न सम्मान, देवेन्द्र पाण्डे, राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरिएको थियो । वरिष्ठ कलाकार हरिहर शर्माले कलाको सम्मान र प्रतिभा पहिचानले सिर्जनात्मक कार्यलाई प्रोत्साहन मिल्ने बताए ।

कलाकार राष्ट्रका पहिचान भएकाले सरकारले पनि कला क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सर्जकहरूलाई दोश्रो ओप्सना फिल्मस अवार्ड २०८२ प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

भाडामा लिएको गोदामबाट मलखाद्यको कालोबजारी