निर्देशक विक्रम भट्टविरुद्ध ३० लाख ठगीको मुद्दा

मुम्बई । बलिउडका उम्दा निर्देशक विक्रम भट्ट यति बेला ठगीको मुद्दामा मुछिएका छन् । राजस्थान, उदयपुरका एक डाक्टरले विक्रम भट्टमाथि ठगीको आरोप लगाएको समाचार आएको छ ।

विक्रम भट्टले आफ्नो ३० करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको दाबी डाक्टरले गरेका छन् । विक्रम भट्टले आफूलाई रिलिज पछि लगभग २०० करोड रुपैयाँ कमाउने चलचित्र बनाउने भनेर पैसा सापटी लिएका थिए । बलिउडका लोकप्रिय निर्माताले चलचित्र बनाएर तिर्छु भनेर सापट मागेपछि आफूले दिएको ती डाक्टरले प्रहरीको उजुरीमा उल्लेख गरेका छन् ।

आफ्नो पैसा ठगी भएको भन्दै ८ नोभेम्बरमै भूपाल पुरा प्रहरी चौकीमा ती डाक्टरले उजुरी दर्ता गरे । डाक्टरले चलचित्र निर्देशक विक्रम भट्ट, उनकी श्रीमती श्वेताम्बरी भट्ट, उनकी छोरी कृष्णा भट्ट, दिनेश कटारिया र अन्य विरुद्ध ठगीको रूपमा मुद्दा दायर गरेका छन् । डाक्टरको उजुरीको मुद्दा दायर पछि त्यसको सूचना विक्रम भट्टलाई पठाइएको प्रहरीले जनाएको छ ।

उजुरीमा ती डाक्टरले दिनेश कटारियालाई एक संगीत समूह मार्फत भेटेको र दिनेशले आफू बलिउड चलचित्र उद्योगसँग सम्बन्धित रहेको दाबी गरेको जनाएका छन् । गत वर्ष अप्रिलमा, डाक्टर मुम्बईमा रहेको उनको स्टुडियोमा गएका थिए । दिनेश कटारियाले डाक्टरसँग विक्रम भट्टलाई भेट्ने व्यवस्था मिलाएका पैसा दिलाएको पनि उजुरीमा उल्लेख छ ।

चाँडै चलचित्र बनाएर पैसा तिर्ने पूर्ण सर्तमा दिनेश कटारियाको जवानीमा आफूसँग निर्देशक विक्रमले ऋण लिएको पनि उजुरीमा भनिएको छ । आफूसँग ३० करोड रुपैयाँ लिएर निर्देशक भट्ट सम्पर्कमा आउन छाडेपछि मुद्दामा जानु परेको पनि ती डाक्टर उजुरीमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण