काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ । मंसिर २७ गते निर्धारित महाधिवेशनको उद्घाटन स्थल परिवर्तन गरी भक्तपुर लैजाने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
महाधिवेशन उद्घाटन स्थलका लागि ३ वटा सम्भावित स्थान पनि प्रस्तावित गरिएको छ । जसमा खुलामञ्च, भृकुटीमण्डप र भक्तपुर सल्लाघारीको खाली जमिन छ । यी ३ मध्ये भृकुटीमण्डप सानो हुने, खुलामञ्चमा कार्यक्रम गर्न काठमाडौँका मेयर बालेन साह सकारात्मक नहुने आँकलनसहित सल्लाघारी उपयुक्त विकल्प मानिएको बैठकमा सहभागी एक नेताले बताए ।
महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डपमै सञ्चालन हुनेछ । महासचिव शंकर पोखरेल संयोजक रहेको महाधिवेशन सचिवालय समितिको बुधबार बसेको बैठकले उद्घाटन सत्र सल्लाघारीमा आयोजना गर्ने निर्णय गरेको हो ।
यएमालेको ११ औं राष्ट्रिय महाधिवेशनको नारा तय
नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनमा पार्टीको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी छ । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस’bout जानकारी दिए ।
उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका ’boutमा जानकारी गराएको बताए । पार्टीले महाधिवेशनमा प्रश्तुत गर्न लागेको लोगोको ’boutमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको बताए ।
सम्बन्धित समाचार
मिथ्या सूचनामा निगरानी, हरित निर्वाचनमा जोड
उपचारबाट फर्केलगत्तै कांग्रेस सभापति देउवा भेटघाटमा सक्रिय
मधेश भवन अगाडि आज सातौं दिन पनि सांसदहरु धर्नामा
मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना
सुरक्षा जोखिमले थिचिँदै निर्वाचन तयारी
माइतीघरमा एमालेनिकट भोलेन्टियर फोर्सको प्रदर्शन, जेनजी समूहको धर्ना
वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्याउने ठाउँ छैन: अध्यक्ष ओली
विदेशमा बस्ने नेपालीको मताधिकारमा ५ कानुनका १६ व्यवस्था बाधक






