‘इन्गेजमेन्ट’ पछि विवादमा साम्राज्ञी, अर्काको श्रीमान् खोसेको आरोप

काठमाडौं । चलचित्र ‘प्रेम दिवस’मा नायकको रूपमा अभिनय गरेर हराएका विशाल खरेल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विवाहको लागि हालै ‘इन्गेजमेन्ट’ गरेका थिए । यति बेला यी दुवै विवादमा छन् । विशेष गरेर विशालकी पूर्व पत्नी सरिता सुब्बा (मुनु) ले साम्राज्ञीकै कारण आफूले विशालसँग सम्बन्ध विच्छेद गर्नु परेको भिडियो सार्वजनिक गरेपछि यी दुई जना विवादमा आएका हुन् ।

त्यसो त दुई दिन अघि मात्र आफू, छोरा र विशालको फोटो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गर्दै सविताले यस्तो लेखेकी थिइन्,‘आफ्नो धोकालाई जायज ठहराउन संसारलाई तिमी हाम्रो सम्बन्ध विषाक्त थियो भन्दै छौ, जुन हाम्रो १५ वर्ष लामो वैवाहिक जीवन र २ वर्षको छोराप्रति निकै अपमानजनक हो ।’

यो टिकटक आएपछि विशाल यस अघि नै विवाहित भएको जानकारी बाहिरिएको थियो । अझ त्यसलाई प्रस्ट पार्दै बुधवार सरिताले २ मिनट ५४ सेकेन्डको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै सो कुरा प्रष्ट पारेकी छिन् । अभिनेत्री साम्राज्ञीसँग विशालले म्युजिक भिडियो खेलेपछि आफूबाट विशाल टाढा भएको उनले सो भिडियोमा बताएकी छिन् ।

सरिता सुब्बा (मुनु)

गत वर्ष विशालको लगानीमा अभिनेत्री साम्राज्ञी र विशालले दुई वटा म्युजिक भिडियो ‘हारेँ हारेँ’ र ‘मालती’को छायांकन थाइल्यान्डमा गरेका थिए । करिब ४० लाखको खर्चमा विशालले यी दुई भिडियो बनाएका थिए । ती दुई म्युजिक भिडियोको छायांकनका क्रममा विशाल र साम्राज्ञीको शारीरिक सम्बन्ध भएको पनि सरिताले आफ्नो भिडियोमा बताएकी छिन् ।

सरिताले भनेकी छिन्,‘हामी म्यारिड हो र हाम्रो बच्च छ भन्ने कुरा त्यो ओमनलाई थाहा थियो की उनीहरूको थाइल्यान्डमा म्युजिक भिडियो सुटिङ हुँदा,’ उनले अगाडि भनेकी छिन्,‘मेरो अहिलेको एक्सले ऊसँग थाइल्यान्डमा बेड शेयर गरेको कुरा स्किारेपछि हामी अलग भएको हौँ र त्यसपछि मैले विशालसँग सम्बन्ध विच्छेद गुर्न परेको हो ।’

यसरी साम्राज्ञीसँग विशालको भेट हुनु अघिसम्म आफूहरूको दाम्पत्य सम्बन्ध राम्रो रहेको पनि सरिताले बताएकी छिन् । साम्राज्ञीसँगको भेटपछि विशाल यी अभिनेत्रीसँग लागेकै कारण आफू अलग हुनु परेको बताउँदै बच्चा र आफू अमेरिकामा अहिलेसँगै रहेको पनि सरिताले स्पष्ट पारेकी छिन् । सुरुमा त्यो घटनाले केही समय गाह्रो भए पनि अहिले आफू सहज भएको पनि सरिताको कथन छ ।

सरिता र विशालको विवाह भएको १५ वर्ष भएको थियो । उनीहरूको अहिले २ वर्षका छोरा पनि छन् । यसरी विशाल विवाहित र एक सन्तानको बुबा भन्ने जानकारी हुँदा हुँदै पनि चलचित्रकी स्थापित यी नायिकाले आफ्नो घरबार बिगारेर विशालसँग सम्बन्ध विच्छेद गर्न बाध्यसम्म परेको पनि सरिताको भनाई छ । तर यो विषयमा अभिनेत्री साम्राज्ञीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

गत वर्ष दुई वटा म्युजिक भिडियोको छायांकनसँगै प्रेम सम्बन्धमा रहेका साम्राज्ञी र विशालले २ मंसिरमा साम्राज्ञीको जन्म दिनको अवसर पारेर ‘इन्गेजमेन्ट’ गरेका हुन् । उनीहरूले अब कहिले विवाह गर्ने भन्ने’bout बताएका छैनन् । अमेरिकाका व्यापारी विशालसँगै काम ग र्ने क्रममा उनीहरू एक अर्कासँग नजिकिएका थिए । साम्राज्ञीले ‘इन्गेजमेन्ट’को फोटो सार्वजनिक गरे पनि विशालको नाम भने गोप्य राखेकी थिइन् । तर विशालकी पूर्व पत्नी सरिताले सामाजिक सञ्जालमा बुधवार मात्र एउटा भिडियो सार्वजनिक गरेपछि यो सबै कुरा बाहिर आएको हो ।

सरिताको सो भिडियोका कारण यति बेला साम्राज्ञीमाथि सामाजिक विभिन्न टिका टिप्पणी गरिएको छ । साम्राज्ञीसँग पछिल्लो समय चलचित्र थिएन । उनी फूर्सदमा भएकोले परिवारवाट विवाहको दवाव पनि आइरहेको थियो । सोही कारण उनले जन्मदिनको अवसर पारेर प्रेमी विशालसँग ‘इन्गेजमेन्ट’ गरेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले नेता बस्नेता र जेन–जीबीच आरोप–प्रत्यारोप