छोरीको कथामा बन्यो ‘पीआर’, अष्ट्रेलियाबाट रिलिज

काठमाडौं । नेपाली चलचित्र पछिल्लो समय नेपालसँगै विदेशमा पनि रिलिज हुने क्रम बढेको छ । तर निर्देशक शोभित बस्नेतले चलचित्र चलचित्र ‘पीआर’को रिलिज नेपाल भन्दा पहिला अस्ट्रेलियाबाट सुरु गरेको बताएका छन् । मंगलबार बेलुका काठमाडौँमा एक पत्रकार भेटघाट आयोजना गर्दै उनले यो चलचित्र स्ट्रेलिया र न्युजिल्यान्ड रिलिजको ’boutमा जानकारी दिए । सो पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेर उनी मंगलबार बेलुका नै अस्ट्रेलिया उडे ।

उनले अस्ट्रेलियासँगै यस पटक चलचित्र ‘पिआर’ ‘न्युजिल्यान्ड’मा पनि बक्स अफिसमार्फत प्रदर्शन गर्न लागेको जानकारी गराए । विदेशमा नेपाली चलचित्र च्यारिटी गर्ने प्रचलन बिस्तारै हट्दै गएको र आजकाल चलचित्र घरमै रिलिज गर्न थालिएको पनि उनले बताए । त्यसैको चाँजोपाँजो मिलाउन आफू अस्ट्रेलिया हिँडेको उनले बताए ।

उनले तीन महिना अघि नै अस्ट्रेलियाका विभिन्न सहरमा यो चलचित्रको विशेष प्रिमियर गरिएको पनि उनले जानकारी गराए । जहाँ यो फिल्मलाई हेरेका दर्शकले आफ्नै घरको कथा भएको प्रतिक्रिया दिएका थिए । प्रिमियर पछि त्यहाँका दर्शकबाट चलचित्रको माग आएपछि बक्स अफिसबाट रिलिज गर्न लागेको पनि उनले जानकारी गराए ।

शोभितले भने,‘अस्ट्रेलिया, न्युजिल्यान्डपछि पोर्चुगल, जापान, कोरियोलगायत देशमा पनि यो चलचित्र प्रदर्शनका लागि तयारी भइरहेको छ । यो बाहेक अन्य देशमा पनि केही दिनमा मै प्रदर्शनको टुंगो लाग्ने छ ।’

शोभित बस्नेतले आफ्नै घरको कथा हेरेर अरूको कथा भन्नका लागि ‘पीआर’ तयार पारेको जानकारी गराए । आफ्नो छोरी सलिना र उनका साथीहरूले अस्ट्रेलिया बस्दा भोगेका पीडाहरूलाई कथा बनाएर यो चलचित्र तयार गरेको पनि शोभितले बताए । यसलाई उनले छोरीको कथा भएको पनि जिकिर गरे । विदेशमा रहेकाहरूले पीआर लिनको लागि गरेको संघर्षलाई यो चलचित्रमा दर्शकले नजिकबाट देख्न र बुझ्न पाउने पनि उनले बताए ।

यो चलचित्र २६ मंसिरबाट नेपालमा रिलिज हुने भएको छ । अस्ट्रेलियामा भने त्यो भन्दा अघि नै रिलिज गरिने पनि उनले जनाए । पीआर रिलिजको लागि जापानसहित केही देशमा भने अग्रिम बिक्री भइसकेको पनि शोभितले बताए ।

यो चलचित्रमा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम के.सी., दिक्पाल कार्की, आर.ए. सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा, नवीन घायललगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् । जसमा गणेश बुढाथोकीको लेखन, बन्दे प्रसादको सम्पादन, सौरभ सायमी, सौरभ लामा छायांकन, आर.आर. फिल्म्सको वितरण रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण