सुन्दरहरैचामा द एम्पेरर अफ डान्स नेपाल च्याम्पियनसिप–२०८२ को ग्रान्ड फिनाली हुने

सुन्दरहरैचा(मोरङ) । स्पिन्स डान्स स्कुलको आयोजना द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप–२०८२ को ग्रान्ड फिनाली मंसिर २९ गते मोरङको बिराटचोक एक्स्पो ग्राउण्डमा आयोजना हुने भएको छ ।

विराट चोकमा पत्रकार सम्मेलन गरि स्पिन्स डान्स स्कुलको टिमले ग्रान्ड फिनाले हुने ’bout जानकारी दिएका छन । फाइनल लिस्टमा २६ जना पुगेका छन । द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप–२०८२ को अवसरमा मंसिर २७ गते १ दिवसिय नृत्य पनि हुने २९ गते ग्राण्ड फाइनलमा हुने डाइरेक्टर विजय थलङ लिम्बुले जानकारी दिए ।

देशभरका उत्कृष्ट डान्स समूहहरूको सहभागिता रहने प्रतियोगितामा लोकप्रिय कलाकार रबिन भुजेल, तथा फाइनल जज राम बिष्टको विशेष उपस्थिति रहने डाइरेक्टर लिम्बूले बताए । पहिलो स्थान हासिल गर्ने टोलीलाई रु ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

त्यस्तै, दोस्रो स्थान प्राप्त गर्ने टोलीले रु ५० हजार पुरस्कार पाउनेछन् । तेस्रो स्थान हासिल गर्ने टोलीलाई रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजनाले जनाएको छ।

स्थानीय समाजमा रहेका कला–संस्कृतिको खोजी गर्न तथा सहभागी प्रतियोगीहरूको क्षमता प्रवर्द्धन गर्ने उद्देश्यका साथ द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप–२०८२ गरिएको टिमका सदस्य राजेश बस्नेतले बताएका छन् ।

आयोजकका अनुसार कार्यक्रमलाई आकर्षक, व्यवस्थित र अनलाइन दर्शक मैत्री बनाउने उद्देश्यले तयारी तीव्र रूपमा अगाडि बढाइएको छ । प्रतियोगितालाई विभिन्न संघ–संस्था तथा स्थानीय साझेदारहरूले सहयोग गर्दै आएका छन् । पत्रकार सम्मेलनमा मनोज लोप्चन, धुर्व गजमेरको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैचामा द एम्पेरर अफ डान्स नेपाल च्याम्पियनसिप–२०८२ को ग्रान्ड फिनाली हुने