रास्वपा समानुपातिक सूचि सच्याउन तयार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सूची बनाउँदा गल्ती भएको उल्लेख गर्दै सच्याउने जानकारी दिए ।

पराजुलीले भने, ‘सहमति अत्यावश्यक थियो, थोरै समयमा धेरै कुरा हतारमा भए, समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’ रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्द सूची विवादमा परेको छ ।

पार्टीका नेताहरूले विधि मिचेर बन्द सूची बनाइएको भन्दै आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएली पूर्वराष्ट्रपति मादुरोका २ तस्बिर सार्वजनिक