बसमा यात्रा गर्दैहुनुहुन्छ साबधान ! नगद र सिक्री चोरी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौंमा बसयात्रीको क्रममा नगद तथा सुनको सिक्री चोरीमा संलग्न चार जना पक्राउ परेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार पुस २३ गते काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित गोल्डेनगेट अगाडिबाट बसमा चढेर मित्रपार्कतर्फ जाँदै गरेका एक युवकको साथमा रहेको नगद दुई लाख ७५ हजार रुपैयाँ चोरी भएको थियो ।

त्यस्तै २४ गते सिनामंगलबाट बसमा यात्रा गर्ने क्रममा एक महिलाको सुनको सिक्री हराएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको थियो ।

खोजतलासका क्रममा २२ गते काठमाडौं महानगरपालिका–८ तिलगंगाबाट चोरी कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई हाल थप अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ निवासी ३७ वर्षीय सरोज खड्का, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ४२ वर्षीय विकास लामा, तनहुँ म्याग्दे गाउँपालिका–५ घर भई हाल काठमाडौंको टोखा बस्ने ३३ वर्षीय राजु गुरुङ तथा ललितपुर महानगरपालिका–७ निवासी ३३ वर्षीय सुवास मगर रहेका छन् ।

प्रहरीले घटना’bout थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले विपिन जोशीको परिवारलाई १० लाख सहयोग गर्ने