खैरो हिरोइनसहित दुई जना पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार राति धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाईल चोकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्ने क्रममा ट्याङ्कीको कभरभित्र लुकाइएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त पदार्थ प्लास्टिकसहित ४० दशमलव ५५ ग्राम र प्लास्टिक बाहेक ३८ ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ बस्ने २५ वर्षीय अभिषेक साह र सिन्धुलीको दूधौली नगरपालिका–९ का ३२ वर्षीय एलेक्स आले रहेका छन् । पक्राउ परेका दुवैजना माथि इलाका प्रहरी कार्यालय लहानले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?