देशभर मनोनयन दर्ता प्रक्रिया उत्साहजनक

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता प्रक्रिया उत्साहजनक रूपमा भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार निर्धारित समयभित्रै मुख्य दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रमा मनोनयन पत्र दर्ता गराएका छन्।

आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले दिएको जानकारीअनुसार अपराह्न ४ः४५ बजेसम्म देशभरबाट कूल २ हजार १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ‘यो प्रारम्भिक तथ्याङ्क हो, दुर्गम जिल्लाहरू र केही निर्वाचन अधिकृतको कार्यालयबाट विवरण प्रविष्ट हुने क्रम जारी रहेकाले उम्मेदवारको संख्या अझै बढ्नेछ, उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

फूलको कूटनीतिमा नेपाल–चीन सम्बन्ध, धुलिखेलमा पियोनी बगैंचा