फूलको कूटनीतिमा नेपाल–चीन सम्बन्ध, धुलिखेलमा पियोनी बगैंचा

काठमाडौं । नेपाल र चीनबीचको सम्बन्धलाई राजनीतिक तथा आर्थिक सहकार्यमा मात्र सीमित नराखी सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काभ्रेको धुलिखेलमा पियोनी फूलको बगैंचा निर्माण गरिएको छ ।

धुलिखेल नगरपालिका–देविस्थानमा स्थापना गरिएको ‘नेपाल हच पियोनी बगैंचा’को उद्घाटन गर्दै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विकाससँगै प्रकृति र पर्यावरणको महत्व तथा जनस्तरमा दुई देशबीचको मित्रता विस्तार गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन समारोहमा चिनियाँ प्रतिनिधिमण्डल, स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी र स्थानीय समुदायका प्रतिनिधि सहभागी थिए । दुवै देशका प्रतिनिधिले उद्घाटन शिलालेख अनावरण गर्नुका साथै पियोनीका बिरुवा रोपेर बगैंचाको औपचारिक सुरुवात गरेका थिए । राजदूत झाङले पियोनी फूलको सांस्कृतिक महत्व र नेपाल–चीन सम्बन्ध विस्तारमा यसले पु¥याउन सक्ने योगदान’bout धारणा राखेका थिए ।

चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट शान्दोङ ग्रामीण पुनरुत्थान प्रतिष्ठानको एन्जल स्पेसल फन्डका उपमहासचिव तथा हेजे सहरका प्रतिनिधि फेङ वेइजीले पनि सम्बोधन गरेका थिए । चीनमा पियोनी फूललाई समृद्धि, सौन्दर्य, सम्मान र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा लिइन्छ ।

उद्घाटन समारोहमा चिनियाँ पक्षले नेपाली बालबालिकाका लागि निःशुल्क स्वास्थ्य उपचार सहायता कार्यक्रम पनि सार्वजनिक गरेको छ । शान्दोङ ग्रामीण पुनरुत्थान प्रतिष्ठान र त्यसको एन्जल स्पेसल फन्डले सुरु गरेको कार्यक्रमअन्तर्गत उपचार आवश्यक भएका तीनदेखि पाँच जना नेपाली बालबालिका छनोट गरी चीनको शान्दोङ प्रान्तमा निःशुल्क उपचार गराउने योजना छ ।

आयोजकका अनुसार छनोट भएका बालबालिकालाई सन् २०२७ अप्रिलमा चीन लगेर उपचार गराइनेछ । सांस्कृतिक सम्बन्धसँगै मानवीय सहयोगलाई पनि नेपाल–चीन सहकार्यको माध्यम बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

फूलको कूटनीतिमा नेपाल–चीन सम्बन्ध, धुलिखेलमा पियोनी बगैंचा