बालसुधार गृह पर्सामा क्षमताभन्दा ७८ प्रतिशत बढी बालक

वीरगन्ज । बालसुधार गृह वीरगन्जमा क्षमताभन्दा ७८ प्रतिशत बढि बालकैदी तथा थुनुवाहरु राखिएको पाइएको छ । अहिले त्यहाँ विभिन्न मुद्दाका ८९ जना बालकैदी तथा पूर्पक्षका लागि थुनामा राखिएका बालकहरु छन् ।

वीरगन्जको बालसुधार गृहको क्षमता ५० जनाको मात्र रहेको बाल सुधार गृह पर्सा, वीरगन्ज कार्यालयका प्रमुख टिकाकृष्ण काफ्लेले बताए । अहिले क्षमताभन्दा ३९ जना बढी बालकैदी तथा थुनुवा रहेको बालसुधार गृह वीरगन्ज कार्यालयका प्रमुख काफ्लेले भने ।

बालसुधार गृह वीरगन्जमा अहिले जबरजस्ती करणी मुद्दाका सबैभन्दा धेरै ३७ जना बालकहरु रहेका छन् । त्यसैगरी लागु औषध मुद्दाका १० जना, कर्तव्य ज्यान मुद्दाका ९ जना, सवारी ज्यान सम्बन्धी मुद्दाका ७, ज्यान सम्बन्धी कसुरका ५, सवारी अंगभंगका ३, अपहरण शरीर बन्धक र नकवजनी चोरीका २–२ जना छन् । त्यसैगरी अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी, जबरजस्ती करणी गरी ज्यान मारेको, अप्राकृतिक मैथुन, कुटपिट अंगभंग, ज्यानमार्ने उद्योग, मानवबेभबिखन तथा ओसारपसार, चोरी, डाका, चोरी तथा डाका र ज्यानमार्ने उद्योग, हातहतियार, अपहरण तथा व्यक्ति वेपता पार्ने कसुर र ज्यान सम्बन्धी कसुर, अप्राकृतिक मैथुन र कर्तव्य ज्यान, जबरजस्ती करणी र कर्तव्य ज्यान र लागु औषध र कर्तव्य ज्यानका १–१ गरी जम्मा ८९ जना बालकैदी तथा थुनुवाहरु रहेको पनि बाल सुधार गृह वीरगन्जले जनाएको छ ।

बस्ती बीचमा बालसुधार गृह
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्तास्थित बजारको बस्ती बीचमा बाल सुधार गृह अवस्थिति छ । यो सुरक्षाका दृष्टिकोणले उचित छैन । तथापि राज्यले अर्को व्यवस्था नगरुन्जेलसम्म यसैमा काम चलाउनु परेको कार्यालय प्रमुख काफ्लेले बताए । ठाउँको अभाव पूर्ताल नहुन्जेलसम्म सकसपूर्ण स्थितिमा काम चलाइरहेको उनको भनाइ छ ।

बालसुधार गृह भित्रै कार्यालय र सुरक्षाकर्मीको कार्यकक्ष
बालकैदी र थुनुवाहरुको रेखदेख, स्वास्थ्य निगरानी लगायत व्यवस्थापन हेर्ने कार्यालय र सुरक्षाकर्मीको कार्यकक्ष समेत संगोलमा नै छ । यहाँबाट अलि खुल्ला र सुरक्षित स्थानमा बालसुधार गृह सार्नुपर्ने कुरा सम्बन्धित माथिल्लो निकायमा पनि अवगत गराइएको छ । तथापि लामो समय भइसक्दा पनि उचित प्रवन्ध हुन नसकेको बालसुधार गृह वीरगन्जले गुनासो पनि गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै