काठमाडौं । आईसिसी महिला टी(२०) विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपर सिक्स चरणको खेलमा आयरल्यान्डले थाइल्यान्डमाथि ६२ रनको जित हासिल गर्दै छनोट प्रतियोगिता टुङ्ग्याएको छ ।
टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा आठ विकेट गुमाउँदै १२१ रनको मध्यम योगफल बनाएको थियो । त्यसमा गाबी लेउसले २५ तथा एमी हन्टर र ओर्ला पेन्डरगस्टले २४÷२४ रनको योगदान गरेका थिए ।
प्रति ओभर करिब छ को आवश्यक रन रेटसहित ब्याटिङमा उत्रिएको थाइल्यान्डले छ दशमलव एक ओभरमा सबै विकेट गुमाएर मात्र ५९ रन बटुल्न सक्यो । कप्तान नारुमोल चाइवाइले २२ रन र नान्नपत कोन्चारनले १५ बनाउनु बाहेक कुनै पनि थाइ ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने चार जना ब्याटर शून्यमा आउट भए ।
थाइल्यान्डलाई सस्तैमा समेटन आयरल्यान्डकी आर्लेन केलीले चार र लारा म्याक ब्राइडले तीन विकेट लिइन । आयरल्यान्ड आजको खेलअघि नै विश्व कपमा छनोट भइसकेको हो ।
सम्बन्धित समाचार
‘टी–२० विश्वकप’ ७ फेब्रुअरीदेखि सुरु हुँदै
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि
टाइगर कप भलिबल सुरु
टाइगर कपमा पर्वत र डायमण्डको दोस्रो जित
जल्पादेवी प्रथम मिनिम्याराथनमा टंक कार्की पहिलो
न्यू डायमण्ड फाइनलमा
आठौँ संस्करणको व्यास अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनालाई
तेस्रो NAPFS अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु






