बर्दियाको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

बर्दिया । बर्दियाको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको सदरमुकामस्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय एक पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय गुलरियका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

मजदुरीका लागि अछाम गएका उनी २ दिन अघि गुलरिया आएका थिए । उनी गुलरिया नगरपालिका–९ का बासिन्दा हुन् । सुतिरहेको अवस्थामा मंगलबार राती उनको ज्यान गएको बताइएको छ ।

उनको शव जिल्ला अस्पताल ल्याइ स्वाब संकलन गर्ने तयारी भइरहेको बताइएको छ । के कारणले मृत्यु भएको हो भन्ने ’bout अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले बताए । उनी बसेको बबई क्याम्पसको क्वारेन्टाइनमा २९ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग