सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

तुलसीपुर । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बुधबार बिहान भएको बोलेरो जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङको तुुलसीपुर तर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो बिहान करिब पौने ५ बजे सडकबाट चिप्लिएर करिब २ सय मिटर तल खसेको हो । दुर्घटनामा परेर रुकुम पूर्व सिस्ने गाउँपालिका–४ निवासी चालक ३० वर्षीय बिजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको कपुरकोट प्रहरी चौकीले जानकारी दिएको छ ।

दुर्घटनामा दुर्घटनामा अन्य तीन जना घाइते भएका छन । घाइते हुनेमा सिस्ने गाउँपालिका–२ निवासी २२ वर्षकी सुश्मि रोका, उनको २ वर्षकी छोरी सफलता रोका र सोही गापाको ४ बस्ने वर्ष ३८ की ललिता केसी रहेकी छन् ।

घाइते तीनै जनालाई उपचारका लागि दाङको तुलसीपुर पठाइएको छ । दुर्घटनाको खबर पाएलगत्तै उनीहरूलाई स्थानीयवासी, गाउँ प्रहरी, जनप्रतिनिधि तथा प्रहरी चौकी कपुरकोटको टोलीले घाइतेको उद्धार गरेको थियो । जीप गएराति १० बजे रुकुमबाट छुटेको थियो । दुर्घटनाको कारण अहिलेसम्म एकिन तथ्य भन्न नसकेपनि सडक घुम्ती भएको र रातिको समय भएकाले चालक निदाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा